भर्खरै :

‘दुई कोरियाको युद्ध अन्त्यको प्रयास हुँदैछ’

सोल, २० असार । दक्षिण कोरियाली विदेशमन्त्री काङ कुङ ह्वाले सोल ६ दशक लामो कोरियाली युद्ध अन्त्यका लागि लागिपरेको बताएका छन् ।
यसै वर्ष कोरिया युद्धको दिगो रुपमै अन्त्य गरिने उनले बताए । उनले यसको लागि दक्षिण कोरिया ‘लचिलो’ बन्नु परे पनि तयार छ भने ।
सोलमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै काङले भने, ‘शान्ति सम्झौताको मध्यस्थता तथा कार्यान्वयन गर्ने आवश्यक प्रक्रियाको लागि प्रजग कोरिया र अमेरिकासँग परामर्श गरेर अघि बढेको छ, वातावरण निकै सकारात्मक छ ।’
दक्षिण कोरियाली समाचार संस्थाअनुसार दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनसँगको परामर्श र प्रजग कोरियाली नेतासँगको शिखर बैठकपछि अमेरिकी प्रशासनले पनि १९५०–५३ मा दुई कोरियाबीच भएको युद्धको औपचारिक अन्त्यका लागि सहयोग गर्ने उनले बताए ।
उनले भने, ‘हुन त दुवै कोरियाले औपचारिकरुपमा युद्ध अन्त्यको घोषणा गरिसकेका छन् तर पनि यो घोषणालाई दिगो बनाउन बाँकी छ र त्यो काम पनि हामी पूरा गर्नेछौं ।’
राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रजग कोरियाली नेता किम जोङ उनबीच जून १२ तारिखका दिन पहिलो पटक सिङ्गापुरमा शिखर वार्ता भएको थियो । सो वार्तापछि प्रजग कोरिया पनि कोरियाली प्रायद्वीपमा दिगो शान्तिका लागि सकारात्मक भएको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *