भर्खरै :

व्यापार युद्धले कसैलाई फाइदा नगर्ने चिनियाँ प्रधानमन्त्रीको भनाइ

सोफिया, २३ असार (एएफपी) । चीनका प्रधानमन्त्री लि खछ्याङले व्यापार युद्ध गरेर कुनै देशलाई फाइदा नहुने बताउनुभएको छ । अमेरिकासँग व्यापारिक विवाद भइरहेका बेला प्रधानमन्त्री खछ्याङले शुक्रबार अमेरिकाप्रति नै लक्षित गरी यस्तो चेतावनी दिनुभएको हो ।
“व्यापार युद्धले कुनै पक्षलाई पनि फाइदा हुदैन, बरु यसले स्वतन्त्र व्यापारलाई असर गर्छ, बहुआयामिक प्रभाव पार्छ,” उहाँले भन्नुभयो ।
सोफियामा भएको १६ युरोपेली सङ्घ र दक्षिणपूर्वी तथा पूर्वी युरोपेली देशहरू (बाल्कन) को शिखर सम्मेलनमा उहाँले अमेरिकाप्रति असन्तुष्टी पनि व्यक्त गर्नुभयो ।
“यदि कुनै देशले सीमा शुल्क बृद्धि गर्न चाहन्छ भने त्यसलाई चीनले त्यही तरिकाले प्रतिक्रिया जनाउने छ,” उहाँले भन्नुभयो ।
अमेरिका र चीनले जस्तालाई त्यस्तै भनेझैं एक अर्काको आयातमा सीमा शुल्क वृद्धि गरेका छन् । यसलाई विश्वमै अहिलेसम्मकै सबैभन्दा ठूलो व्यापारिक युद्धका रूपमा लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *