भर्खरै :

रुँदै फर्कियो ब्राजिल

कजान, ६ जुलाई । कजान र·शालामा शुक्रबार राति भएको क्वाटरफाइनल खेलमा ब्राजिलको आफ्नै गल्तीका कारण बेल्जियम जितेको छ । बेल्जियम अब सेमिफाइनल चरणमा पुगेको छ ।
सन् १९८६ यता बेल्जियम पहिलोपटक सेमिफाइनल चरणमा पुगेको हो । त्यत्तिबेला बेल्जियम अर्जेन्टिनाबाट पराजित भएको थियो ।
बेल्जियमले अब फ्रान्ससँग खेल्नेछ ।
शुक्रबार भएको खेल निकै तीब्रगतिको खेल थियो । रेफ्रीको सिठ्ठीसँगै दुवै टोलीले सकेसम्म चाँडो खेल आफ्नो पक्षमा ल्याउने भरमग्दुर प्रयास गरेका थिए । खेलको १३ औं मिनेटमा बेल्जियमले हानेको कर्नर ब्राजिलका मिडफिल्डर फर्नान्डिनोको टाउकोमा छोएर पहिलो गोल बेल्जियमको पक्षमा भएको थियो ।
खेलको ३१ मिनेटमा बेल्जियमका चर्चित खेलाडी डि बु्रडेनले दोस्रो गोल गरेका थिए ।
ब्राजिलले पनि गोल गर्न लगातार प्रयास गरिरहेका थिए । खेलका ७६ औं मिनेटमा ब्राजिलका कोन्तिहोको पासमा रेमातो अगस्टोले पहिलो गोल गरेका थिए । तर त्यो गोलले मात्र नेयमारको खेललाई रुसबाट फर्किनबाट जोगाउन सकेन । विश्व कप जित्ने सम्भावना बोकेर रुस आइपुगेको ब्राजिलको टिम क्वाटरफाइनलबाटै फर्किनुपर्दा धेरै फ्यानले आँसुका धारा बगाएका थिए ।
फुटबलको वरियताक्रममा ब्राजिल २ र बेल्जियम ३ नं मा छन् । ब्राजिल र बेल्जियमबीच विश्व कपमा सामना भएको यो पाँचौं पटक हो ।
सन् २००२ को विश्व कपमा दुई देशबीच भएको खेलमा बेल्जियमलाई २–० को गोलअन्तरले पराजित गरेको थियो । शुक्रबारको खेलमा पनि धेरैले यही नतिजाको अपेक्षा गरेका थिए । तर आक्रामक खेल खेल्दा पनि र अधिकांश समय आफ्नै नियन्त्रणमा बल भएर पनि ब्राजिल बेल्जियमबाट पराजित हुन पुग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *