भर्खरै :

सी युगको कूटनीति

आज चीन विकासको स्वर्णयुगमा छ । चीन बाहेकको बा“की संसारमा भने सबभन्दा ठूल्ठूला र अभूतपूर्व परिवर्तनका उभार आइरहेका छन् । परिवर्तनका यी दुवै पक्ष भने ए अर्कास“ग अन्तरसम्बन्धित र अन्तरक्रियात्मक छन् । यस्तो पृष्ठभूमिमा चीनलाई कूटनीतिक गतिविधि गर्न सबभन्दा उपयुक्त बाह्य परिस्थिति बनेको छ । भविष्यमा पनि यो अवस्था रहनेछ । कूटनीतिक गतिविधिसम्बन्धमा आयोजित चीनकै सबभन्दा उच्चस्तरीय बैठकमा चीनका राष्ट्रपति सी जिनपि·ले यस्तो विश्लेषण गरेका हुन् ।
गएको जून २२–२३ मा बेइजि·मा चीनको अन्तर्राष्ट्रिय मामिलासम्बन्धि गतिविधिबारे केन्द्रीय सम्मेलन भएको थियो । सम्मेलनका प्रमुख वक्ता थिए–राष्ट्रपति सी । आफ्नो मन्तव्यमा सीले विश्व शासन व्यवस्थालाई न्यायपूर्ण र अझ तर्कपूर्ण बनाउन साझा भविष्य बोकेको मानव समुदायको भावनालाई अझ उ“चो राख्नुपर्नेमा जोड दिएका थिए । साथै उनले चीनको खुलापनाको नीतिलाई अझ नयाँ चरणमा उकास्न रेशम मार्ग आर्थिक क्षेत्र र एक्काइसौं शताब्दीको सामुद्रिक रेशम मार्ग(वेल्ट एण्ड रोड)लाई अझ मूर्त रुपमा अघि बढाउनुपर्नेबारे चर्चा गरेका थिए ।
सन् २०१२ मा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनयता अन्तर्राष्ट्रिय भूराजनीतिमा धेरै प्रकारका परिवर्तन आइसकेका छन् । चीनले चिनियाँ विशेषता सहितको आफ्नो कूटनीति अगाडि बढाउन थुप्रै कठिनाईहरूको सामना गर्नुप¥यो । कूटनीतिक क्षेत्रमा चीनले आफैं बाटो खन्दै अघि बढ्ने अवस्था बनिरह्यो । फलतः चीनले आज अनेकन ऐतिहासिक उपलब्धिहरू हासिल गरिसकेको छ ।
पछिल्ला दशकमा तीब्र आर्थिक विकासस“गै चीन विश्वमञ्चको केन्द्रमा पुग्दैछ । चीनको समग्र नीतिगत निर्णयमा कूटनीतिक गतिविधिको अहम भूमिका पनि बढ्दै गएको छ । दुई दिनसम्म चलेको सो सम्मेलनले सन् २०१२ यता चीनले कूटनीतिक क्षेत्रमा हासिल गरेका उपलब्धिहरूको समीक्षा मात्र गरेन बरु नयाँ युगको कूटनीतिक मामिलामा सी जिनपि· विचारधारालाई दिगो प्रगतिको बाटोमा कसरी अगाडि बढाउने भन्ने प्रमुख प्रश्नको सैद्धान्तिक र व्यवहारिक उत्तरको पनि खोजी ग¥यो ।
बेइजिङस्थित रेनमिन विश्वविद्यालयअन्तर्गत अन्तर्राष्ट्रिय अध्ययन केन्द्रका प्राध्यापक वाङ यिवेले कूटनीतिक क्षेत्रमा सी विचारधाराको प्रयोग चीनको कूटनीतिलाई थप प्रष्ट बनाउन ज्यादै महत्वपूर्ण निर्देशिका हुन सक्ने बताए । कूटनीतिसम्बन्धी सीका महत्वपूर्ण विचारअन्तर्गत साझा भविष्य बोकेको मानव समुदायको निर्माण, क्षेत्र र बाटो कार्यक्रम र विश्वभरि मित्रहरूको सञ्जाल बिस्तार पर्दछन् ।
मार्गनिर्देशन
आफ्नो मन्तव्यमा सीले चीनको कूटनीतिले पछ्याउनुपर्ने दश वटा सिद्धान्तको सूची प्रस्तुत गरे । साथै राजनीतिक मार्गनिर्देशन, ऐतिहासिक लक्ष्य, प्रमुख कूटनीतिक कार्यक्रम, रणनीतिक योजना र चीनको विकासका दिशाबारे व्याख्या गरे । यी सिद्धान्तअनुसार राष्ट्रिय पुनर्जागरणको लक्ष्य हासिल गर्न, विश्व शान्तिको रक्षा गर्न र साझा भविष्य बोकेको मानव समुदाय निर्माणका लागि साझा विकास गर्न चिनियाँ विशेषताको कूटनीतिलाई चीनले अघि बढाउनेछ ।
‘दश सिद्धान्त सीको कूटनीतिक विचारधाराको प्रमुख अन्तर्वस्तु हो । चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनयता चीनले अभ्यास गरेका कूटनीतिक सिद्धान्त र व्यवहारका ती व्यवस्थित निचोड हुन् । साथै चीनको कूटनीतिको दिगो विकास सुनिश्चित गर्ने महत्वपूर्ण निर्देशक हो ।’, चिनियाँसमकालीन अन्तर्राष्ट्रिय सम्बन्ध प्रतिष्ठानअन्तर्गत सड्ढट व्यवस्थापन अनुसन्धान केन्द्रका निर्देशक छेन सियानयाङले भने ।
चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानका अनुसन्धाता फेङ वेच्या·ले बदलिंदो अन्तर्राष्ट्रिय परिस्थितिमा कूटनीतिक क्षेत्रमा कार्यनीतिक निशाना पक्का गरी विश्वास र धैर्यका साथ काम गर्नुपर्नेमा जोड दिए । रणनीतिक निशाना निश्चय गर्न र धैर्यताको लागि आत्मविश्वासको आवश्यकता पर्दछ । त्यही आत्मविश्वासका साथ सीको कूटनीतिक विचारधाराले चिनियाँ विशेषताको समाजवादलाई आफ्नो आधारको रुपमा प्रस्तुत गरी रणनीतिक आत्मविश्वास बलियो बनाउनेमा जोड दिएको छ ।
चिनियाँ अन्तर्राष्ट्रिय अध्ययन प्रतिष्ठानका कार्यकारी उपसभापति ¥वान झोङ्चेले संसारमा अभूतपूर्व परिवर्तन भइरहेको र चीनले विकासमा ठूलठूला अवसर र चुनौती सामना गरिरहेको बताए । उनले भने,‘चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनपश्चात चीनको कूटनीतिले नया“ गति लिएको छ ।’ उनले कूटनीतिमा सी विचारधाराको प्रयोगले चीनको राष्ट्रिय पुनर्जागरण तथा साझा भविष्य बोकेको मानव समुदाय निर्माण गर्ने उपयुक्त अन्तर्राष्ट्रिय परिस्थिति तयार गर्ने बताए ।
प्रेरक बुझाइ
कूटनीतिक सिद्धान्त र व्यवहारको विकासक्रम चीनको आफ्नै दृष्टिकोण, फराकिलो विश्वको अवस्था र यी दुईबीचको सम्बन्धमा आधारित छ । आफ्नो मन्तव्यमा सीले अन्तर्राष्ट्रिय परिस्थितिको सही बुझाइको लागि इतिहासको सटिक बुझाइ, समग्र अवस्था र विश्वमा चीनको स्थान र भूमिकाबारे बुझ्न अपरिहार्य हुने बताए । साङ्घाईको तो·ची विश्वविद्यालयअन्तर्गत अन्तर्राष्ट्रिय अध्ययनका वरिष्ठ अध्येता मेन हो·वाले आज विश्वमा अनिश्चय वा अस्थीरता तीब्र रुपमा विकास भइरहेकोले अन्तर्राष्ट्रिय परिस्थितिको सही बुझाइ र सत्यको बाटोले मात्र चीनको कूटनीति सही पथमा हिंड्न सक्छ ।
सीले आफ्नो मन्तव्यमा वर्तमान अन्तर्राष्ट्रिय अवस्थाको विश्लेषण मात्र गर्न सुझाव दिएका छैनन् बरु विगतको समीक्षा गर्दै ऐतिहासिक कानुनको सार खिच्न भनेका छन् । साथै इतिहासको लय राम्ररी बुझ्न भविष्यको गहन अध्ययन गर्न भनेका छन् । समग्र परिस्थितिलाई सटिक रुपमा बुझ्न सीले प्रक्रिया र व्याख्यालाई मात्र जोड दिएका छैनन् बरु भित्री कुरा र समग्र परिस्थितिको गहिरो मूल्याड्ढनलाई पनि महत्व दिएका छन् । त्यसो गर्दा मात्र अन्तर्राष्ट्रिय परिस्थितिको जटिल र बदलिंदो अवस्थाको भेउ पाउन सकिने उनको भनाइ हो ।
‘चिनियाँ समाजले आज सामना गरिरहेको प्रमुख अन्तर्विरोधको विकासक्रमले चिनियाँ समाजवादको वर्तमान चरणबारे चिनिया बुझाईमा कुनै अन्तर आउनेछैन । चीन अभैm पनि र लामो समयसम्म समाजवादको प्रारम्भिक चरणमा रहेको भन्ने चिनियाँ परिस्थितिको आधारभूत बुझाइमा कुनै हेरफेर भएको छैन । संसारकै सबभन्दा ठूलो विकासशील देशको रुपमा चीनको अन्तर्राष्ट्रिय अवस्थामा कुनै फेरबदल भएको छैन ।’, सीले भने ।
‘चीन दुवै विकासशील र प्रमुख देशमध्ये हुनु नै कूटनीतिमा चीनको स्वंय परिभाषित भूमिका हो ।’, चिनियाँ परराष्ट्र मामिला विश्वविद्यालयका उपसभापति वाङ फानले भने । चीनले आफ्नो विकासमा ध्यान केन्द्रित गर्नुपर्दछ र आफ्नो राष्ट्रिय आवश्यकताअनुसार नै अन्तर्राष्ट्रिय गतिविधि अघि बढाउनु पर्दछ । चीन आफू एउटा प्रमुख देशमध्ये एक हुनुको नाताले विश्व इतिहासलाई आकार दिन यसले आफ्नो भूमिका बुझ्नुपर्दछ । आफ्नो जिम्मेवारी पूरा रुपमा निभाउनुपर्दछ । अन्तर्राष्ट्रिय मामिलामा आफ्नो रचनात्मक भूमिका खेल्नु पर्दछ ।
उन्नाइसौं शताब्दी र बीसौं शताब्दीबीचको अवधिलाई ‘चीनको दुई शताब्दी लक्ष्यको लागि ऐतिहासिक संगम’ को रुपमा चर्चा गर्दै सीले चिनियाँ राष्ट्रको महान पुनर्जागरणको ऐतिहासिक प्रगतिमा भएको महान् उपलब्धिबारे व्याख्या गरे । ती जुम्ल्याहा लक्ष्यअनुसार चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक सय वर्ष पुगेको वर्षसम्ममा चीन मध्यम रुपमा समृद्ध समाज बन्नेछ । त्यो चिनियाँ समाजको अर्थतन्त्र बलियो, प्रजातन्त्र विशाल, विज्ञान र शिक्षा अझ अघि बढेको, संस्कृति उन्नत, सामाजिक सद्भाव गहिरो र जीवनस्तर अझ गुणस्तरीय हुनेछ ।
मानव इतिहासमा संसारको विकास भनेको अन्तरसम्बन्धित र अन्तक्र्रियात्मक अन्तरविरोधको परिणाम हो । त्यसकारण सीले संसार संक्रमणकालीन चरणबाट अघि बढिरहेको अवस्थामा अन्तर्राष्ट्रिय अवस्थामा के कस्तो परिवर्तन हुने गर्दछ भन्ने सम्बन्धमा गहन अध्ययनको लागि आग्रह गरेका छन् । चीन आजको ऐतिहासिक संगममा उभिएको बेलामा बाह्य परिस्थितिका आधारभूत पक्ष कस्तो हुने गरेको छ, त्यसबारे सटिक विश्लेषण गर्न भनेका छन् । यसले चीनलाई कूटनीतिक काम गर्न आवश्यक योजना बनाउन मद्दत मिल्ने उनको भनाई हो ।
साझा भविष्यको समुदाय
नयाँ युगमा चिनियाँ कूटनीतिको एउटा लक्ष्य भनेको साझा भविष्यको मानव समुदाय बनाउनु हो । चीन अन्तर्राष्ट्रिय समुदायस“गको साझा प्रयासमा यो लक्ष्य हासिल गर्ने आशा गर्दछ ।
सम्मेलनमा सीले विशेषतः चिनियाँ कूटनीतिका आयाममाथि जोड दिएका छन् । उनले विदेश नीति तर्जुमा गर्न दुवै आन्तरिक र अन्तर्राष्ट्रिय परिस्थितिलाई केन्द्रमा राखेर विचार गर्नुपर्ने धारणा राखे । उनले देशको कूटनीतिक गतिविधिले राष्ट्रिय पुनर्जागरण, विश्व शान्तिको प्रबद्र्धन र साझा विकासलाई आफ्नो प्रमुख कामको रुपमा लिएर साझा भविष्य बोकेको मानव समुदाय बनाउन अपिल गरे । सीले चीनको सार्वभौमिकता, सुरक्षा र विकासका पक्षलाई ध्यान दिन पनि आग्रह गरे ।
संयुक्त राष्ट्र सङ्घका लागि चीनका स्थायी प्रतिनिधि मा चाओसुले सीद्वारा प्रस्तावित साझा भविष्य बोकेको मानव समुदाय बनाउने र नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्ने प्रस्ताव अन्तर्राष्ट्रिय जगतमा भइरहेका अभूतपूर्व परिवर्तनस“गै वर्तमान विश्वले भोगिरहेको समस्याको समाधान भएको बताए ।
व्यापारमा फैलिंदो संरक्षणवाद र बहुपक्षवादमाथिको बढ्दो सन्देहको पृष्ठभूमिमा संसारका साझा चुनौतीहरू सम्बोधन गर्न सबै जित्ने समाधानको खोजी गर्नुपर्दछ ।, माले भने ।
सीको कूटनीतिक विचारप्रति अन्तर्राष्ट्रिय क्षेत्रमा सबैले प्रशंसा र स्वीकारोक्ति दिइरहेका छन् । साझा भविष्य बोकेको मानव समुदाय र वेल्ट एण्ड रोड इनिसेटिभ दुवै कुरा संयुक्त राष्ट्र सङ्घीय दस्तावेजमा समावेश भइसकेका छन् ।
बेइजिङको अन्तर्राष्ट्रिय व्यापार र अर्थतन्त्र विश्वविद्यालयअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध विभागका डिन ताई छाङचेनले माको भनाईप्रति सहमति जनाए । ‘संसारमा आज सस्तो लोकप्रियता, संरक्षणवाद र उपेक्षा गर्ने प्रवृत्तिको हुरी आइरहेको छ । यस्तो परिस्थितिमा विश्व शान्ति र विश्वव्यापी विकासमाथि ठूलो चुनौती बनेर रहेका छन् ।’, उनले भने ।
‘बीसौं शताब्दीको शुरुमा भएका दुई विश्व युद्धबाट पाठ सिकेर अन्तर्राष्ट्रिय समुदायले शुन्य सहनशीलताको नीति त्याग्नुपर्दछ । साझा भविष्यको लागि सहकार्यमूलक समुदायको निर्माण नै आजको समयको दिशा हुनुपर्दछ ।’, ताईले भने ।
बेइजिङ रिभ्यु जुलाई ५ २०१८
नेपाली अनुवादः नीरज
सी कूटनीतिका दस सिद्धान्त
१.अन्तर्राष्ट्रिय गतिविधिमा केन्द्रिकृत र एकीकृत नेतृत्व
२.अगाडि बढेको प्रमुख देशको कूटनीतिक
३.साझा भविष्य बोकेको मानव समुदाय
४.रणनीतिक आत्मविश्वास बढाऊ
५.क्षेत्र र बाटो निर्माण
६.शान्तिपूर्ण विकासको बाटो
७.विश्वभर साझेदारीको विकास
८.विश्व शासन व्यवस्थामा सुधारको नेतृत्व
९.चीनको सार्वभौमिकता, सुरक्षा र विकासका हितको रक्षा
१०. चिनियाँ कूटनीतिको विशिष्ट चरित्रको विकास

Leave a Reply

Your email address will not be published. Required fields are marked *