“नेमकिपाले विचार र सिद्धान्तको राजनीति गर्छ”
- कार्तिक २०, २०८२
जुलाई १८ अर्थात् नेल्सन मण्डेला दिवस । रङ्गभेदविरोधी सङ्घर्षका नेता नेल्सन मण्डेलाले मानव सभ्यतामा पु¥याएको योगदानको सम्मानमा संयुक्त राष्ट्र सङ्घले गएको सालदेखि उनको जन्म दिन जुलाई १८ लाई मण्डेला दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । यो वर्ष मण्डेलाको १०० औं जन्म दिवस समेत परेकाले संसारभरि सामाजिक न्यायका पक्षधर अभियन्ताले यो दिवस विभिन्न गतिविधि गरी मनाए ।
मण्डेलाले दक्षिण अफ्रिकामा रङ्गभेदविरोधी आन्दोलन गरेको दसकौं बितिसकेको छ । तर अझै संसारभर रङ्गभेद कुनै न कुनै रुपमा जीवित नै छ । संसारमा प्रजातन्त्रको पाठ पढाउने संरा अमेरिकादेखि युरोपसम्म, संसारको सबभन्दा ठूलो प्रजातन्त्र दाबी गरिएको भारतदेखि अफ्रिकी महादेशमा अझै पनि रङ्गभेद जीउ“दो छ । आज पनि संरा अमेरिका र युरोपेली देशमा रङ्गका आधारमा भेदभाव कायम नै छ । त्यहा“ हुने अन्यायपूर्ण हिंसाको सबभन्दा पहिलो शिकार काला वर्णकै मानिस भइरहेका छन् । काला वर्ण, मुसलमान, आप्रवासी जनता नै आज संरा अमेरिकामा गोरा सर्वोच्चतावादको मानसिकताबाट पीडित छन् ।
युरोपेली देशहरूमा आजभोलि रङ्गभेद जत्तिकै खतरनाक समस्या बनिरहेको छ–इस्लामोफोबिया । मुसलमान भने बित्तिकै आतङ्गवादी ठान्ने, डराउने, घृणा गर्ने, विभेद गर्ने समस्या आज पश्चिमा देशमा व्याप्त छ । यो आजको युगको रङ्गभेद नै हो । यो मानवता विरोधी अपराधको नया“ शिलशिला हो । भारतमा आज मोदी सरकार आफैं दलित र मुसलमान जनतामाथि विभेद गरिरहेको छ । हिन्दुअतिवादको सहारामा भारत सरकार नया“ ढङ्गको रङ्गभेदी अत्याचार गरिरहेको छ । यस्तै असहिष्णुताका कारण संसारमा फासीवादजस्तो अप्रजातान्त्रिक दमनकारी र विभेदकारी शासनप्रणालीको विकास भएको थियो । यसको मानव इतिहासले निकै ठूलो मूल्य चुकाउनु परेको थियो ।
रङ्गभेदका यस्ता विभिन्न रुप आज पनि अस्तित्वमा रहेकाले आज पनि मण्डेलाले हिजो अफ्रिकामा गरेको रङ्गभेदविरोधी सङ्घर्षको मुलआधार आज पनि उत्तिकै सान्दर्भिक छ । आज रङ्गकै आकार संरा अमेरिका, युरोप वा संसारका अरु कुनै पनि भूगोलमा मानिसले सामना गर्नुपर्ने अपमान र विभेदविरुद्ध लड्ने सबभन्दा बलियो हतियार मण्डेलाको भावना हो ।
हालै अल जजिराका एक जना पत्रकारले दक्षिण अफ्रिकी सहर केप टाउनमा अझै गोरा र काला वर्णका मानिसबीच रहेको आर्थिक विभेदबारे वृत्तचित्र सार्वजनिक गरेका थिए । रङ्गभेदविरोधी आन्दोलनले राजनीतिक सफलता पाएको झण्डै आधा शताब्दी बितिसकेपश्चात पनि दक्षिण अफ्रिकाको केप टाउनमा अझै पनि काला वर्णका मानिस बस्ने स्थान र गोरा बस्ने स्थानबीचको विभेदले रङ्गभेद राजनीतिक रुपमा मात्र नभई आर्थिक आधारमा पनि हटाउनुपर्ने निष्कर्षलाई सही देखाएको छ । रङ्गभेद छालाको रङ्गको विभेदमा मात्र सीमित होइन । यसको प्रमुख आधार भनेको वर्गीय विभेद नै हो । वर्गीय समस्या समाधान नहुञ्जेल रङ्गभेदविरोधी सङ्घर्षले पनि केही मुठ्ठिभर धनी काला वर्णका मानिसलाई नै मात्र हित गर्दछ । यसले व्यापक तल्लो वर्गका श्रमजीवी गरिब काला वर्णका जनताको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्दैन ।
त्यसकारण नेल्सन मण्डेलाको विचार रङ्गभेदविरोधी त हो नै, उनको भावना वर्गीय मुक्तिको मार्गदर्शक पनि हो । मण्डेलाको विचारमा रङ्गभेदको विरोध मात्र देख्नु अनि वर्गीय मुक्तिको दर्शन नदेख्नु शोषक वर्गीय पूर्वाग्रह हो । तसर्थ मण्डेला रङ्गभेदविरोधी सङ्घर्षका नेताका साथै श्रमजीवी वर्गका मुक्ति अभियानका योद्धा पनि हुन् । मण्डेलालाई १०० औं जन्म दिवसको हार्दिक श्रद्धा सुमन !
Leave a Reply