सरकारी बन्दका कारण अमेरिकी एयरलाइन्सका दुई हजार ५०० भन्दा बढी उडान रद्द, यात्रुहरू समस्यामा
- कार्तिक २४, २०८२
रमाल्लाह, १ अगस्ट । प्यालेस्टाइनी कवयित्री दारिम टाटोरलाई इजरायली अदालतले फेरि पाँच महिनाको जेल सजाय फैसला सुनाएको छ । इजरायली ज्यादतीको विरोधमा टाटोरले सामाजिक सञ्जालमा लेखेको अभियोगमा उनलाई त्यस्तो सजाय सुनाइएको हो ।
उत्तरी इजरायलको नाजारेथनजिकको अल–रियनाहका बासिन्दा टाटोरलाई ‘आतङ्कवादी सङ्गठनलाई सहयोग गरेको’ भनी नाजारेथको इजरायली अदालतले जेल सजायको फैसला सुनाएको हो ।
टाटोरले भनिन्, ‘अन्यायपूर्ण ज्यादतीको विरोध गर्दा त्यस्तो फैसला आउनु आश्चर्यको कुरा होइन ।’
आफ्नो गिरफ्तारी राजनीतिक अभिप्रायले प्रभावित भएको भन्दै उनले आफूलाई जेलमा राख्नु पछाडि कुनै तुक नरहेको बताइन् ।
‘यो देश (इजरायल) मा प्रजातन्त्र भनेको एकथरी मानिसको लागि मात्र सीमित छ ।’, इजरायलमा अरब जनतामाथि हुने गरेको भेदभाव र ज्यादतीप्रति सङ्केत गर्दै उनले भनिन् ।
टाटोरलाई सन् २०१६ को जनवरीमा पनि महिनौं आफ्नै घरमा बन्दी बनाइएको थियो । उनलाई सन् २०१५ अक्टोबर ११ मा पनि गिरफ्तार गरिएको थियो । साथै सन् २०१५ को नोभेम्बर २ मा ‘आतङ्कवादीलाई सहयोग गरेको’ आरोप लगाइएको थियो ।
प्यालेस्टाइन मुक्ति सङ्गठन (पीएलओ) का सदस्य हनान अश्वरावीले टाटोरको गिरफ्तारीको विरोध गरेका छन् ।
टाटोरले ‘आफ्नो स्वतन्त्र अभिव्यक्तिको अधिकार प्रयोग गरेकी थिइन्, उनले सैनिक ज्यादतीको क्रुरता र अमानवताको विरोध गरेकी हुन् ।’, पीएलओका सदस्यको वक्तव्यमा भनिएको छ ।
‘इजरायल एक जना कविमाथि दोषारोपण गरिरहेको छ जबकि इजरायली कब्जा र ज्यादती आफैंमा दोषी हो ।’, त्यसमा लेखिएको छ ।
Leave a Reply