भर्खरै :

नेपालका तीन खेलाडी उसु च्याम्पियनसीपमा

नेपालका तीन खेलाडी उसु च्याम्पियनसीपमा
काठमाडौं, १५ साउन । प्रथम विश्वविद्यालय उसु च्याम्पियनसिपमा नेपालकोतर्फबाट तीन खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
मकाउ पोलिटेक्निक इन्ष्टिच्यूट मल्टी स्पोर्ट्स पेभिलियनमा यही साउन १७ देखि २० गतेसम्म हुने प्रतियोगितामा नेपालकोतर्फबाट एक पुरुष र दुई महिला प्रतिस्पर्धा गर्नेछन् । तीनै खेलाडीले थाउलो स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक प्रवेश गर्न लागेका अशोक बुढा मगरले पुरुष नान् छ्वान र नान् गुनमा भाग लिने छन् ।
त्यस्तै महिलामा १२ औं दक्षिण एसियाली खेलकूद (साग) की रजतधारी सविता राई र ओसिन राईले आ–आफ्नो कौशल प्रदर्शन गर्नेछन् । ओसिन र सविता आ–आफ्नो स्पर्धामा लगातार पाँच पटकका राष्ट्रिय च्याम्पियन हुन् । प्रतियोगितामा सहभागी तीन खेलाडीसहित सात सदस्यीय नेपाली टोली मङ्गलबार मकाउ प्रस्थान गर्नेछन् ।
अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकूद महासंघ र मकाउ विश्वविद्यालय खेलकूद संघको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगितामा ३५ राष्ट्रको सहभागिता रहने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *