पुँजीवादी विचारविरुद्ध सङ्घर्ष गर्नु आवश्यक
- कार्तिक २४, २०८२
काठमाडौं, १६ साउन (रासस) । संसारभर विभिन्न कार्यक्रम गरी बुधबार स्तनपान दिवस मनाइयो । नेपालमा पनि स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरी यो दिवसलाई साताव्यापीरूपमा मनाइँदै छ ।
पछिल्ला वर्षहरूमा हाम्रो देशमा पनि हरेक आमालाई आफ्ना शिशुलाई नियमित रूपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म स्तनपान सप्ताह मनाउने गरिएको छ ।
संसारभर एकदेखि सात अगष्टसम्म मनाइने विश्व स्तनपान दिवसको यस वर्षको नारा ‘स्तनपान ः जीवनको आधार’ रहेको छ । गर्भधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन थालेको हुन्छ । पहिलो बिगौति दूध बच्चाका लागि अमृत समान हुन्छ जसले बच्चामा धेरै रोगहरूसँग लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँदछ ।
आमाले जति धेरै पटक शिशुलाई दूध चुसाउँछिन् त्यति नै बढी अस्थायी गर्भनिरोधको अवधि बढेर जान्छ । स्तनपानले शिशुका लागि स्वास्थ्य रक्षाको काम गर्दछ । नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति हुँदैन उनीहरूले आमाको दूधबाट यो शक्ति प्राप्त गर्दछन् ।
आमाको दूधमा रोगाणु नासक तत्वहरू हुन्छन् । आमाको दूधमा लेक्टोफोर्मिन नामको पोषक तत्व हुन्छ, जसले शिशुहरूको शरीरमा फलाम तत्व दिन्छ । आमाको दूधबाट आएका साधारण जीवाणुहरूले शिशुको शरीरमा उब्जने विभिन्न रोगसँग प्रतिरोध गरेर उनीहरूको रक्षा गर्दछन् ।
बाहिरी वातावरणबाट आमाको शरीरमा पुगेका रोगका जीवाणु, शरीरमा रहेको विशेष भागको सम्पर्कमा आउँछन् र शरीरले ती विशेष रोगाणुको विरुद्ध प्रतिरोधात्मक तत्वहरू बनाउँछ । यो तत्व थोरासिक डक्ट भनिने एक विशेष नलीबाट सिधै आमाको स्तनसम्म पुग्छ र दूधबाट बच्चाहरूको पेटमा पुग्दछ । यसरी शिशुहरू आमाको दूध नियमित रूपमा खाएर स्वस्थ रहन्छन् ।
बाल्यकालमा पर्याप्तरूपले आमाको दूध खान नपाएका शिशुहमा बाल्यकालमा सुरू हुने प्रकृतिको मधुमेह रोग लाग्ने सम्भावना रहन्छ । उनीहरूमा अपेक्षाकृत बुद्धि विकास नहुने हुन्छ ।
यदि बच्चा महिना नपुगी जन्मेको छ भने त उसलाई नेक्रोटाइजिङ एन्टोरोकोलाइटिस जस्तो घातक रोग हुनसक्छ । त्यसैले छदेखि आठ महिनासम्म शिशुहरूका लागि आमाको दूध उत्तम आहारमात्र हैन, यो जीवन रक्षक आहार पनि हो ।
स्तनपानसम्बन्धी गलत धारणा
केही मानिसमा स्तनपान गराउँदा सौन्दर्यमा ¥हास आउने, शरीरको तौल घट्ने, स्तनको आकार बिग्रने आदि गलत धारणाहरू रहेको पाइए पनि यो सत्य भने होइन । आधुनिक विज्ञानले यी धारणाहरूलाई गलत पुष्टि गरिसकेको छ ।
नियमित र निश्चित अवधिसम्म गराइएको स्तनपानले शिशुको उपचार र खाना खर्चमा ५० प्रतिशतले बचत हुने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन् । शिशुलाई स्तनपान गराउँदा आमालाई आत्मीयता र भावनात्मक सुखानुभूति हुनुका साथै गौरव महसुस हुन्छ । त्यसैगरी उनले मानसिक रूपमा आफू स्वस्थ भएको अनुभूति गर्ने हुनाले उनलाई आत्मसन्तुष्टि प्राप्त हुन्छ ।
Leave a Reply