भर्खरै :

भारतीय दूतावासको विराटनगर कार्यालय बन्द

काठमाडौं, १६ साउन । नेपालस्थित भारतीय दूतावासअन्तर्गतको विराटनगर क्याम्प कार्यालयबाट प्रदान गरिने सबै सेवा बुधबारदेखि बन्द भएका छन् ।
भारतीय दूतावासद्वारा जारी विज्ञप्तिअनुसार दूतावासको विराटनगर कार्यालयबाट प्रदान गरिंदै आएका यातायात अनुमति, भारतीय नागरिकका लागि प्रमाणपत्र दर्ता, जन्म÷मृत्यु पञ्जीकरण प्रमाणीकरणलगायत सेवा बन्द गरिएका हुन् ।
हालसम्म विराटनगर कार्यालयबाट प्रदान गरिने सबै सेवाको लागि बुधबार अगष्ट १ देखि काठमाडौंस्थित भारतीय दूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणका बेला सो कार्यालय बन्द गर्ने बारेमा सहमति भएको थियो ।
विसं २०६५ भदौमा कोशी बाँध भत्किएर आएको बाढीपछि भारतीय भूमिबाट गरिने यातायात सहजताका लागि सो कार्यालय स्थापना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *