भर्खरै :

प्योङयाङले फिर्ता ग¥यो संरा अमेरिकी सेनाका अवशेष

वाशिङ्टन, २ अगस्ट । संरा अमेरिकी विदेश सचिव माइक पोम्पेओले कोरियाली युद्धको क्रममा मारिएको संरा अमेरिकी सिपाहीहरूका अवशेष फर्काउन प्योङयाङले गरेको मिहिनेतको प्रशंसा गरेका छन् । पोम्पेओले बुधबारबाटै आफ्नो पाँचदिने तीनवटा दक्षिणपूर्वी एसियाली देशहरूको भ्रमण थालेका छन् ।
आज संरा अमेरिकाका सेवा सदस्यहरूका अवशेष प्रजग कोरियाबाट संरा अमेरिका फर्काइएको छ । पोम्पेओले ट्वीट गरेका छन्, ‘अध्यक्ष किमले आफ्नो प्रतिबद्धता पूरा गरिरहेका छन् ।’
पेन्टागनले यसअघि बुधबार प्रजग कोरियाबाट फर्काइएका सबै अवशेष कोरिया युद्ध (१९५०–५३) मा लडेका संरा अमेरिकी सेवा सदस्यहरूको भएको ‘विश्वास गरिएको’ प्रक्रिया दिएको थियो ।
त्यही दिन संरा अमेरिकाको हवाईमा ‘सम्मान कार्यक्रम’ आयोजना गरिएको थियो । सो समारोहमा संरा अमेरिकी उपराष्ट्रपति माइक पेन्स र अरु धेरै सैनिक परिवारको सहभागिता थियो । प्रजग कोरियाबाट ल्याइएका ५५ वटा बाकस त्यहाँ झारिएको थियो ।
प्रजग कोरियाली सर्वोच्च नेता किम जङ्ग उन र संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सिङ्गापुरमा जूनमा भएको बैठममा संरा अमेरिकी सिपाहीका अवशेष फर्काउन सहमति भएको थियो ।
संरा अमेरिकी विदेशमन्त्री पोम्पेओ भने अगस्ट १ देखि ५ सम्म मलेसिया, सिङ्गापुर र इन्डोनेसियाको भ्रमणमा छन् । सिङ्गापुरमा उनले आसियान क्षेत्रीय मञ्चलगायत अरु बहुपक्षीय बैठकमा सहभागिता जनाउने बताइएको छ । आसियान क्षेत्रीय मञ्चमा प्रजग कोरिया पनि सदस्य छ ।
पोम्पेओ दक्षिणपूर्वी एसियाको लागि निस्किनु अघि विदेश मन्त्रालयका एक जना वरिष्ठ अधिकारीले मिडियालाई संरा अमेरिकाको प्रमुख चासो प्रजग कोरियाको आणविक निःशस्त्रीकरण भएको दोहो¥याए । उनको दक्षिणपूर्वी एसियाको भ्रमणको मूल मुद्दा प्रजग कोरियालाई त्यसको लागि दबाबमा राख्न अरु देशलाई आग्रह गर्नु हो ।
पोम्पेओले सिङ्गापुर बसाईको क्रममा प्रजग कोरियाली अधिकारीहरूसँग पनि भेट्ने सम्भावना रहेको स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *