जलवायु परिवर्तनले लाखौँ विस्थापित संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी
- कार्तिक २५, २०८२
ताङ छिफाङ
कम्बोडियामा हालै सम्पन्न आमनिर्वाचनमा सत्तासीन कम्बोडियाली जनता पार्टीले ४८ लाख ६० हजार मत अर्थात् कुल सदर मतको ७७.५ प्रतिशत मत हासिल ग¥यो । प्रधानमन्त्री हुन सेनको पार्टीले उत्साहजनक विजय हासिल गरेको भने तापनि केही पश्चिमा सरकार र सञ्चारमाध्यमले चुनावको विश्वसनीयतामाथि प्रश्न उठाएका छन् । उनीहरूले हुन सेनको ‘फलामे मुठ्ठी’ को शासनलाई चीनले समर्थन गरिरहेको समेत आरोप लगाए ।
पश्चिमा प्रजातन्त्रको आधारभूत र मूलभूत अवधारणा भनेको एक व्यक्ति एक मत हो । त्यसले नै नागरिकलाई चुनावमा भाग लिन र आफ्ना राजनीतिक अधिकार प्रयोग गर्न उत्साहित बनाउँछ । तथ्याङ्कले कम्बोडियाको चुनावमा ८२.१७ प्रतिशत मतदाताले भाग लिए । सन् २०१३ मा भएको अघिल्लो चुनावमा ६९.६१ प्रतिशत मतदाताले मात्र मतदानमा भाग लिएका थिए । गएको आइतबारको चुनावमा २० वटा राजनीतिक पार्टीले भाग लिए भने अघिल्लो चुनावमा जम्मा ८ वटा राजनीतिक दलले भाग लिएका थिए । दक्षिणपूर्वी एसियाली देश कम्बोडियामा प्रजातन्त्रमा प्रतिगमन भएको भन्दै औंला ठड्याइरहेका पश्चिमाहरूका लागि यो सङ्ख्या भनेको गतिलो झापड हो ।
कम्बोडिया यो वर्षको आमनिर्वाचनको लागि पूर्णतः तयारी अवस्थामा थियो । विस्तृत तयारीका कारण मतदान व्यवस्थित, वैधानिक र पारदर्शी रुपमा सम्पन्न भयो । बीस वर्षभन्दा अघि स्थापना भएको राष्ट्रिय निर्वाचन समितिले खुलापन, निष्पक्षता र न्यायका सिद्धान्तमा आधारित रहेर स्वतन्त्र, व्यावसायिक र परिपक्व पाराले चुनावको व्यवस्थापन र अनुगमन गरेको थियो ।
चुनावमा धेरै सङ्ख्यामा मतदाताको सहभागिताले कम्बोडियाली जनताले आफ्नो प्रजातान्त्रिक अधिकार प्रयोग गरेको सङ्केत गरेको छ । कम्बोडियाली जनता पार्टीले प्राप्त गरेको मत भनेको कम्बोडियाली नागरिकको जीवन र विकास ग्यारेन्टी गर्न उसले हासिल गरेको उपलब्धिको मूल्याङ्कन हो ।
हुन सेन विगतका ३३ वर्षदेखि कम्बोडियाको सरकारको नेतृत्वमा छन् । यो अवधिमा उनी कम्बोडियाको आर्थिक समृद्धि र विकासको लागि प्रतिबद्ध भएर लागे । कम्बोडियाली जनताको जीवनमा सुधार र अर्थतन्त्रमा विकास गर्न हुन सेन र उनको पार्टीले धेरै उपलब्धि हासिल गरेका छन् ।
विश्व बैङ्कले दिएको जानकारीअनुसार कम्बोडियाको कूल गार्हस्थ उत्पादन (जीडीपी) सन् २००० देखि २०१० को बीचमा वार्षिक औसत वृद्धि दर आठ प्रतिशतभन्दा बढी छ । सन् २०११ देखि यता वृद्धि दर सात प्रतिशत छ । सन् २००४ मा त्यहाँको गरिबी दर ५३.५ प्रतिशत थियो भने सन् २०१७ मा गरिबी दर १० प्रतिशतभन्दा न्यून भयो । हुन सेनले आगामी सन् २०३० सम्ममा कम्बोडियालाई उच्च मध्यम आय भएको देशको रुपमा र सन् २०५० सम्ममा उच्च आय भएको देशका रुपमा विकास गर्ने महत्वाकाङ्क्षी कार्यक्रम अघि सारेका छन् ।
चीन–कम्बोडिया सम्बन्धविरुद्ध पश्चिमाहरूको आधारहीन आरोप चीन र कम्बोडियाबीचको राम्रो सम्बन्धप्रतिको इस्र्या हो । शान्तिपूर्ण सहअस्तित्वका पञ्चशील सिद्धान्तअन्तर्गत चीनले अरु कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरेको छैन ।
यो वर्ष चीन र कम्बोडियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औं वर्ष गाँठ हो । दुई देशबीच आपसमा बलियो मित्रता बनेको छ । चीनले आफ्नो छिमेक कूटनीतिअन्तर्गत कम्बोडियालाई महत्वपूर्ण स्थानमा राखेको छ । आफ्नो राष्ट्रिय अवस्थाअनुकूलको कम्बोडियाको विकासको लागि चीनले सहायता गर्दै आएको छ । कम्बोडियाले पनि विभिन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा चीनलाई सहयोग गर्दै आएको छ ।
दुई देशको अर्थतन्त्र एकअर्काका परिपूरक हुन् । दुवै देशले क्षेत्र र बाटो पहलकदमीको खाकाभित्र रहेर दुई पक्षलाई हित हुने सहकार्य गर्दै आएका छन् । अन्तर्राष्ट्रिय सम्बन्धमा आफ्नो मात्र हितलाई प्राथमिकता दिने पश्चिमा देशहरूका लागि आपसी हितमा आधारित यस्तो मैत्रीपूर्ण सम्बन्धबारे बुझ्न गा¥हो हुनेछ ।
संरा अमेरिका र केही युरोपेली देशहरूले आफूले दिंदै आएका सहायता बन्द गर्नेलगायतका उपाय अवलम्बन गरेर तथा कम्बोडियाभित्र सरकारको विरोध गर्न उक्साएर कम्बोडिया सरकारलाई दबाब दिन खोजिरहेका छन् । उनीहरूले सत्ताकब्जा गर्न षड्यन्त्र गरेको कारण सर्वोच्च अदालतले चुनावमा प्रतिबन्ध लागेको कम्बोडियाली राष्ट्रिय उद्धार पार्टीमाथिको प्रतिबन्ध फुकुवा गर्न खोजिरहेका छन् । यो कम्बोडियाको आन्तरिक मामिलामा नाङ्गो हस्तक्षेप हो । यसको मूल लक्ष्य भनेको कम्बोडियामा आफ्नो प्रभाव बिस्तार गर्नु र पश्चिमा शक्ति पक्षधरहरूलाई बलियो बनाउने हो । चीन–कम्बोडिया सम्बन्ध तथा कम्बोडियाको प्रजातन्त्रबारे जे जति पनि आरोप पश्चिमा देशहरूले लगाइरहेका छन्, तिनीहरू मिथ्या र तर्कहीन हुन् भन्ने कुरा बुझ्न गाह«ो छैन ।
लेखक चिनियाँ अन्तर्राष्ट्रिय अध्ययन प्रतिष्ठानका सहायक अध्येता हुन् ।
ग्लोबल टाइम्स
नेपाली अनुवादः सुशिला
Leave a Reply