भर्खरै :

महिला स्वास्थ्यसम्बन्धी जनचेतना कार्यक्रम

भक्तपुर, १६ साउन । भक्तपुर नगरपालिका ९ नं वडा कार्यालयको आयोजनामा तुमचो दुगुरे चोखा जग्गा एकीकरण आयोजना क्षेत्रका स्थानीय महिलाहरुबीच स्वास्थ्यसम्बन्धी जनचेतनामूलक भेला बुधबार सम्पन्न भयो ।
भेलामा वडाध्यक्ष रवीन्द्र ज्याख्वले बदलिंदो जीवनशैलीसँगै कडा तथा दीर्घरोगका बिरामीहरु बढेको चर्चा गर्दै स्वस्थ जीवनका लागि खानपान र सामान्य शारीरिक अभ्यासमा ध्यान दिन सबैलाई अनुरोध गर्नुभयो ।
त्यस क्षेत्रमा घरदैलो नर्सिङ्ग सेवाको क्रममा ३४४ घरपरिवारको सर्वेक्षण गर्दा ७१ जनामा उच्च रक्तचाप, ३५ जनामा चिनी रोग, २६ जनामा हाडजोर्नीको समस्या तथा १९ जनामा दमखोकीको समस्या देखिएको उहाँले जानकारी दिनुभयो ।
क्यान्सर रोगीको सङ्ख्यामा उल्लेख्य बढेको अवगत गराउँदै उहाँले आप्mनो रोग नलुकाउन तथा समय समयमा जनस्वास्थ्य केन्द्रलगायतका स्वास्थ्य संस्थाहरुमा परीक्षण गराउन पनि आग्रह गर्नुभयो ।
भक्तपुर नपाका कार्यपालिका सदस्य छोरीमैया सुजखूले महिला दिदीबहिनीहरुमा पुरुषहरुमा भन्दा बढी रोग लाग्ने सम्भावना रहेको चर्चा गर्दै स्वास्थ्य उपचारको विषयमा समय समयमा छलफल तथा परामर्श गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
स्त्रीरोग विशेषज्ञ सरिता खाइजूले महिनावारी र पाठेघरको मुखको क्यान्सरबारे कक्षा लिनुभयो । उहाँले महिलाहरुमा पाठेघरको क्यान्सरको समस्या बढिरहेको चर्चा गर्दै समयमै उपचार नगरे मानवीय क्षतिसमेत हुने खतरा रहेको औंल्याउनुभयो ।
जनस्वास्थ्य केन्द्रका प्रतिनिधि रचना सुवाल र वडा नर्स सविना दुवालले घरदैलोमा नर्सिङ्ग सेवा सञ्चालन गर्नुको औचित्य र महत्वबारे चर्चा गर्नुभयो ।
भेलामा वडास्तरीय स्वास्थ्य स्वयंसेविका परिचालन समितिका अध्यक्ष सन्तेमाया गाइजू र स्वयंसेविका संगीता प्रजापतिले स्वास्थ्य उपचार सेवाका लागि नर्स तथा स्वयंसेविकाहरु घरदैलो गर्दा सहज रुपमा आप्mनो समस्याबारे जानकारी गराउन आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *