सरकारमा गएर कम्युनिस्टको सिद्धान्तअनुसार काम नगर्नेहरू यथार्थमा कम्युनिस्ट होइनन्
- कार्तिक २४, २०८२
काठमाडौं, १७ साउन । तीन वर्षअघिको गोरखा भूकम्पका कारण पूर्ण रुपमा क्षति पुगेको ऐतिहासिक सम्पदा धरहराको भग्नावशेषमा त्रिपालले छोपी संरक्षण गरिएको छ ।
तीन वर्ष बितिसक्दासम्म पुनः निर्माण गर्ने विषयमा सम्बद्ध निकायले काम सुरु गर्न भने सकेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मै बनाउँछु मेरो धरहरा नारा दिनुभए पनि यसको पुनः निर्माणकाको काम सुरु हुन सकेको छैन । कहिले पुरातत्व विभागले त कहिले नेपाल टेलिकमले बनाउने भनिए पनि हालसम्म काम अघि बढ्न सकेको छैन ।
बुधबार साँझ काठमाडौं महानगरपालिकाका कावा प्रमुख हरिप्रभा खड्गीले भीमसेनस्तम्भको भग्नावशेषलाई त्रिपालले छोपी संरक्षणको प्रयास गर्नुभयो । “वर्षाको समय छ, धरहरा निर्माणको समयमा प्रयोग भएका माटो, इँटालगायत सम्पूर्ण सामग्री ऐतिहासिक हुन्छन्, पुनःनिर्माण सुरु हुनुअघि बाँकी रहेको संरचनालाई घामपानीको असरबाट जोगाउन त्रिपाल ओढाइएको हो”, कावा प्रमुख खड्गीले भन्नुभयो ।
यसै क्रममा सम्पदा बचाऔं अभियानकर्मी पछिल्लो समय कामपाले सम्पदा संरक्षणमा चासो दिन थालेको भन्दै खुसी भएका छन् । अभियानकर्मी गणपतिलाल श्रेष्ठ र सञ्जय अधिकारीले भन्नुभयो, “१९९० सालमा पनि धरहरा भूकम्पका कारण भत्केको थियो, पुर्खाहरूले पहिले जस्तै बनाएर राख्नुभयो । त्यसपछि २०७२ सालमा पनि भूकम्पकै कारण पूर्ण रुपमा क्षति भएको छ, अब पनि ९० सालपछि निर्माण भएजस्तै निर्माण हुनुपर्छ ।”
संविधानको धारा ३२ ले भाषा र संस्कृतिको सम्पदाको संरक्षणका बारेमा उल्लेख गरेअनुसार सम्पदाको पुनःनिर्माण हुनुपर्ने सम्पदाप्रेमीको माग छ । धरहरा १८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झनास्वरूप निर्माण गर्नुभएको हो । नब्बे सालको भूकम्पले धरहरा भत्किएपछि दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले नौ तलाको धरहरा निर्माण गर्नुभएको इतिहासमा उल्लेख छ । उक्त धरहरा पनि पुनः विसं २०७२ को भूकम्पले पूर्ण नष्ट भएको छ । इँटा, चुन, मास र चाकुको मिश्रणबाट मुगलशैलीमा धरहरा निर्माण भएको बताइन्छ ।
Leave a Reply