भर्खरै :

वाशिङ्टन प्योङ्गयाङ्गलाई जवाफ फर्काउने तयारीमा

वाशिङ्टन, ३ अगस्ट । संरा अमेरिकी राष्ट्रपति कार्यालयले प्रजग कोरियाका सर्वोच्च नेता किम जङ्ग उनले पठाएको पत्रप्रति वाशिङ्टनको प्रतिक्रिया तयार भइसकेको र धेरै चाँडो त्यो प्रतिक्रिया प्योङ्गयाङ्ग पठाइने जनाएको छ ।
बिहीबार आयोजित पत्रकार भेटघाटमा बोल्दै ह्वाइट हाउसको प्रवक्ता सारा स्लान्डर्सले भनिन्, ‘हामीले अध्यक्ष किमको चिठीको प्रतिक्रिया तयार गरिसकेका छौं र धेरै चाँडै त्यो पठाइनेछ ।’
दुवै पक्षको पत्रमा उल्लेखित कुरा सार्वजनिक गर्न अस्वीकार गर्दै स्लाण्डर्सले “पत्रहरूमा सिङ्गापुर शिखर बैठममा भएका सहमतिप्रति प्रतिबद्धता व्यक्त गरिएको” बताइन् ।
“उनीहरूले पूर्ण आणविक निःशस्त्रीकरणतिर सहकार्यलाई निरन्तरता दिंदैछन् ।”, उनले भनिन् ।
यसअघि ट्वीटरमा आफूले ‘चाँडै’ किमसँग भेट्ने लेखेका थिए । तथापि स्लाण्डर्सले ने ह्वाइट हाउसले ‘छलफललाई अघि बढाए पनि’ दोस्रो बैठक कहिले गर्ने भन्नेबारे कुनै टुङ्गो लागिनसकेको बताइन् ।
कोरिया युद्धमा मारिएका संरा अमेरिकी सिपाहींका अवशेष फिर्ता गरेको प्रजग कोरियाली कदमलाई उनले ‘निकै आभारी’ भएको प्रतिक्रिया दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *