भर्खरै :

उपत्यकाको खानेपानी सेवा सरकारले नै जिम्मा लिनुपर्छ

दानबहादुर कपाली
कुनै पनि सरकारले जनताका आधारभूत आवश्यक तत्वहरूको निजीकरण गर्दैन । त्यस्तो कार्य कम्युनिष्टको सरकारले त झनै गर्दैन । पुँजीपति वर्गको सरकारले गर्दैमा कम्युनिष्टको सरकारले गर्दैन । पुँजीपति वर्गको सरकारले गर्ने काम कम्युनिष्टको सरकारले दोहो¥याउँछ भने पुँजीपति वर्ग र कम्युनिष्ट सरकारको भेद के हो ? कम्युनिष्टको सरकारले नेकाभन्दा कामले फरक देखाउने हो कि नामले ? साउन १७ गतेको नयाँ पत्रिकामा ‘सिंहदरवारमा जारको पानीको व्यापार गर्दै खानेपानी संस्थान’, ‘धारामा किन गनाउने हिलो पानी पठाउँछ केयूकेएल ?’, ‘के मिसाइन्छ पिउने पानीमा ?’ शीर्षकको समाचार छाप्यो । उक्त शीर्षकले केयूकेएल उपत्यकाका जनतालाई शुद्ध खानेपानी वितरण गर्न असफल रहेको सङ्केत गर्छ ।
विगतमा माओवादी मन्त्रीले नै उपत्यकाको खानेपानी निजीकरण गरे । खानेपानी वितरण अहिले पनि निजीकरण या काउखालिको हातमा छ । काउखालिले न त पर्याप्त पानी वितरण गर्न सकेको छ न त शुद्ध पानी वितरण गर्नसकेको छ । हिउँदको ६ महिनामा त खानेपानी सेवा नपु¥याए पनि उपभोक्ता सित्तैमा शुल्क तिर्न बाध्य छन् । जनताको मागबमोजिम खानेपानी सेवा पु¥याउन काउखालिले खानेपानी सेवा आपूर्ति गर्नेतर्फ ध्यान दिएको छैन । प्रत्येक वर्ष खानेपानीको समस्या ज्यूँका त्यूँ भइरहेको छ ।
सरकारले घर–घरमा खानेपानी सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ । हाल सरकारको नेतृत्व गर्ने दलको निर्वाचन घोषणापत्रमा पनि खानेपानी सेवा पु¥याउने प्रतिबद्धता छ । खानेपानी सेवा घरघरमा पु¥याउने प्रतिबद्धता पूरा गर्नुपर्ने सरकारले खानेपानी सेवा निजीकै हातमा छोडेको छ । खानेपानी सेवा पु¥याउने दायित्वबाट सरकार पन्छिएको छ । निजी क्षेत्रको हातमा छोडेको काठमाडौं उपत्यकाको खानेपानी सेवा सरकारले नै हातमा लिनुपर्छ । केपी ओलीको सरकार त्यस जिम्मेवारीबाट पन्छिन मिल्दैन । निजी क्षेत्रलाई दिइएको खानेपानी सेवा सरकारकै जिम्मामा लिएर सबैलाई खानेपानी सेवा पु¥याउनुपर्छ, पु¥याउन पहल गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *