नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
कञ्चनपुर, १८ साउन । वडा कार्यालयबाटै सामाजिक सुुरक्षा भत्ता पाउन थालेपछि स्थानीय शुक्लाफाँटा नगपालिका–३ का कल्छु डगौरा टाढाको बैङ्कसम्म जानपर्ने झन्झटबाट मुक्त हुनुभएको छ ।
भत्ता बुझ्नका लागि सात किलोमिटर टाढाको बैङ्कसम्म पुग्नका लागि निकै सास्ती खेप्नुपर्दथ्यो, विगत सम्झदै उहाँले भन्नुभयो, “घर नजिकैको वडा कार्यालयबाट भत्ताको रकम पाउन थालेपछि निकै सहज भएको छ ।”
‘दुई घण्टा पैदल हिंडेर बैङ्क पुग्न पुग्नुपर्ने झन्झट अब भएन’, अर्का स्थानीयवासी पुरन चौधरीले भन्नुभयो, “बैङ्कमा जस्तो लाइनमा बस्नुपर्ने अवस्था पनि छैन, वडा कार्यालयबाटै भत्ता रकम पाइन्छ ।”
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, विधवा महिलालाई अहिले बैङ्कमार्फत नगरपालिकाले वडा कार्यालयमा सामाजिक सुरक्षाको रकम वितरण गर्ने व्यस्था मिलाएको हो ।
Leave a Reply