भक्तपुर–साँखु सडक निर्मँणमा किन ढिलाइ ?
- कार्तिक १८, २०८३
– लक्ष्मीभक्त दुवाल
‘पुर्खाले सिर्जेको सम्पति हाम्रो कला र संस्कृति’ भन्ने मूल नारालाई साकार पार्न भक्तपुर नगरपालिका दत्तचित्त भएर लागिपरेको छ । शिक्षा, स्वास्थ, सरसफाइ, खानेपानी र कृषि आदि क्षेत्रमा घोषणापत्र अनुसार कार्य अघि बढाउनु सफलताको सङ्केत हो ।
निर्वाचित जनप्रतिनिधिहरूले कार्यभार समालेको वर्ष दिन मनाए । खानेपानीका निम्ति डिप बोरिङ्ग गरी सल्लाघारीमा पानी ट्याङ्की बनाउनु, स्वास्थ सेवाका लागि अस्पतालको भवनको नक्सा तयार हुनु, सम्पदा संरक्षणमा पुनःनिर्माण भइरहनु अन्तर नगरपालिकाको भलिबल कप प्रतियोगिता सम्पन्न हुनु र कृषिमा विभिन्न उदाहरणीय तालिमहरू सञ्चालन हुनु मननयोग्य छ ।
नियमित सफाइ अभियानअन्तर्गत सिद्धपोखरीदेखि ह्वोंह्वों पाटीसम्मको सडक सरसफाइ भनपाले सम्पन्न गरेकोमा स्थानीयवासीले धन्यवाद व्यक्त गरेका छन् ।
सम्पदा संरक्षणमा सहकार्य गर्नको निम्ति उपत्यकाका नगर प्रमुखहरूको जम्काभेट भक्तपुरमा हुनु स्वागतयोग्य काम हो । आगामी दिनहरूमा पनि नगरवासीहरूको भावनाअनुुसार काम गर्न भनपा सफल होस् । यही कामना ।
Leave a Reply