इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
बेइजिङ, ४ अगस्ट । चीनले ६० अर्ब अमेरिकी डलर बराबरको संरा अमेरिकी आयातीत ५ हजार २ सय ७ थरी उत्पादनमा चार फरक फरक थप कर थोपर्ने निर्णय गरेको छ ।
ती उत्पादनमा ५ देखि २५ प्रतिशतसम्म कर दर थोपरिएको हो ।
संरा अमेरिकी सरकारले २ खर्ब बराबरको चिनिया“ उत्पादनमाथि १० देखि २५ प्रतिशतसम्म कर थोपरेको प्रतिउत्तरमा चीनको भन्सार दर आयोगले यस्तो निर्णय गरेको हो ।
‘हामी यो निर्णय गर्न बाध्य भयौं ।’, चिनिया“ राज्यपरिषद्को भन्सार दर आयोगले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
‘संरा अमेरिकाले यदि आफूले घोषणा गरेका करको दर कार्यान्वयनमा लान्छ भने चीनले पनि तत्कालै यी करका दर कार्यान्वयनमा लान बाध्य हुनेछौं ।’, वक्तव्यमा भनिएको छ ।
‘संरा अमेरिकाले धेरै द्विपक्षीय सम्झौता उल्लङ्घन गरेको छ र फेरि एकपटक एकपक्षीय रुपमा व्यापारिक तनावको अवस्था बनाएको छ ।’, आयोगले भनेको छ ।
संरा अमेरिकाले विश्व व्यापार सङ्गठनको नियमको नराम्ररी उल्लङ्घन गर्नुका साथै विश्वव्यापी औद्योगिक श्रृङ्खला र स्वतन्त्र व्यापारको संयन्त्र तोडेको चीनको भनाइ छ ।
Leave a Reply