भर्खरै :

चाडपर्व रचनात्मक बनाउने महिलाहरुको तयारी

सुर्खेत, १९ साउन । तीज पर्व को अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ सुर्खेतको आयोजनामा वीरेन्द्रनगरस्थित वडा नं. १ वाङ्गेसिमलमा महिला भेटघाट कार्यक्रम भयो ।
नेपाल मजदुर किसान पार्टी सुर्खेतका सह–सचिव शेरबहादुर शाहीको प्रमुख आतिथ्यिमा भएको कार्यक्रमको सभापतित्व सङ्घकी अध्यक्ष तुल्सी खड्काले गर्नुभएको थियो ।
कार्यक्रममा वक्ताहरूले चाडपर्व प्रगतिशील किसिमले रचनात्मक तरिकाले मनाउनुपर्ने तथा तीजजस्तो पर्व पनि पुँजीवादी संस्कार र जीवनशैलीका कारण धनसम्पति र गरगहना प्रदर्शन गर्ने माध्यम बनेको विषयमा चर्चा गर्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घकी उपाध्यक्ष रमा शाही र जानकी सुनारले पनि बोल्नुभएको थियो ।
कार्यक्रमका वक्ताहरू महिला सङ्घ के.स. सुनकेशा शाही, नेमकिपा जि.स.स बाँकेका सदस्य प्रकाश शाही, पार्टी सुर्खेत नगर समिति सदस्य गणेश खड्का, ने.क्रा सांस्कृतिक सङ्घका के.स. गगन विक, नेक्रा मजदुर सङ्घका जि.स. सचिव नीरकबहादुर शाही र जगत लामिछानेलगायतले आ–आत्नो मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *