भर्खरै :

प्रजग कोरियामाथि संरा अमेरिकाको नयाँ नाकाबन्दी

वाशिङ्टन, ४ अगस्ट । संरा अमेरिकी अर्थविभागले शुक्रबार प्रजग कोरियाको आणविक कार्यक्रमसँग सम्बन्धित भएको आरोपमा एउटा रुसी वाणिज्य बैङ्कसहित एकजना व्यक्ति र तीन वटा संस्थामाथि नयाँ नाकाबन्दी घोषणा गरेको छ ।
अर्थविभागको वक्तव्यमा रुसमा दर्ता रहेको एग्रोसोयुज वाणिज्य बैङ्कले प्रजग कोरिया वैदेशिक व्यापार बैङ्क (एफटीबी) का मस्को प्रमुख हान झाङ सुको लागि ‘जानीजानी ठूलो मात्रामा कारोबार’ गरिरहेको बताइएको छ ।
अर्थविभागका अनुसार हान प्रजग कोरियाका ‘आमविनाशकारी हतियारसँग सम्बन्धित जिम्मेवारी बोकेका व्यक्ति’ हुन् ।
संरा अमेरिकाको नयाँ नाकाबन्दीले मस्कोस्थित एफटीबीका सहायक प्रमुख रि जोङ वनलाई समेत निशाना बनाइएको छ । साथै प्योङ्गयाङ्गका ‘अवैध वित्तीय गतिविधि’ मा सहयोग गर्दै आएका दुई अरु संस्थालाई पनि प्रतिबन्ध थोपरेको छ ।
संयुक्त राष्ट्र सङ्घ र संरा अमेरिका दुवैले प्रजग कोरियामाथि लगाउँदै आएका नाकाबन्दीबारे बोल्दै संरा अमेरिकी अर्थविभाथका सचिव स्टीभेन नुचिनले भने, ‘प्रजग कोरियाको अन्तिम र पूर्ण प्रमाणित निःशस्त्रीकरण नभएसम्म नाकाबन्दी जारी राखिनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *