भर्खरै :

बुद्धिजीवी केन्द्रित अभियान थाल्दै चिनियाँ कम्युनिष्ट पार्टी

बेइजिङ, ४ अगस्ट । चिनियाँ कम्युनिष्ट पार्टीले चीनका बुद्धिजीवीहरूबीच ‘देशभक्ति भावनाको विकास’ गर्न अभियानको थालनी गरेको छ ।
यो साताको आरम्भमा चिनियाँ कम्युनिष्ट पार्टीको सङ्गठन तथा प्रचार विभागले जारी गरेको सर्कुलरअनुसार ‘पार्टी र जनताको पक्षमा विलक्षण बुद्धिजीवीहरूलाई सक्रिय बनाउन’ र देशभक्ति भावना, समर्पण र अध्ययनको भावना भएका प्रतिभाशाली मानिसहरूको प्रतिभापुञ्ज बनाउनु नै यो अभियानको मुख्य लक्ष्य हो ।
युवा तथा अर्धबैसे उमेरका बुद्धिजीवीलाई लक्षित गरी थालिएको यो अभियानअन्तर्गत सञ्चारमाध्यम प्रवद्र्धन, अध्ययन तथा छलफल कक्षा, विशेष तालिम तथा उदाहरणीय पक्षको विकासलाई ध्यान दिइने पार्टीको विभागले जनाएको छ ।
‘विशेष विशेषता बोकेका र विविधता भएको बुद्धिजीवीलाई पूर्ण सम्मान दिइनेछ ।’, वक्तव्यमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *