“देशमा राजनीतिक परिवर्तन ल्याउन निर्वासन, भूमिगत र जेल जीवन झेल्नुप¥यो”
- श्रावण २, २०८३
काठमाण्डौ, २० साउन । नेपाल मजदुर किसान पार्टीको २९ औं परिषद् साउन १८, १९ र २० गते सम्पन्न भयो ।
पार्टी अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को अध्यक्षतामा सम्पन्न परिषद्ले २०७५ चैत १, २, ३ र ४ गते पार्टीको सातौं महाधिवेशन सम्पन्न गर्ने निर्णय ग¥यो ।
परिषद्मा अध्यक्ष बिजुक्छेंले पार्टी कार्यकर्ताहरु देश र जनताको हितमा केन्द्रित हुनुपर्नेमा जोड दिनुहुँदै समाजमा भ्रष्टाचार गर्ने, महंगी र अराजकता ल्याउने पूँजीवादी शासक दल र व्यवस्थाविरुद्धको संघर्षमा लागिरहनुपर्ने आवश्यकता औंल्याउनु भयो ।
प्रतिकृयावादीहरु जनताका छोराछोरीहरुलाई गलतढंगले डो¥याउन लागिपरेको र षडयन्त्रबाट जन्मेका सरकारमा गएका पार्टीहरु षडयन्त्रमै समाप्त हुने उल्लेख गर्नुहुँदै अध्यक्ष बिजुक्छेंले विद्यार्थीलाई राम्रोसँग पढाउनुपर्ने शिक्षकहरु निजी विद्यालय किनबेचमा लाग्न नहुने, समाजमा बढिरहेको अन्धविश्वासलाई खण्डन गर्न साँस्कृतिक कलाकार र लेखकहरुको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।
अध्यक्ष बिजुक्छेंले निर्वाचनपछि देशको स्थितिले संघीयता ‘श्राप’ बन्न सक्ने र इमानदार मानिसहरुलाई गाह्रो हुने तर कार्यकर्ताहरुले संघर्ष छोड्न नहुने बताउनु भयो ।
राजनीतिमा व्यक्तिगत लाभ खोज्नेहरु कम्युनिष्ट हुन नसक्ने, साँस्कृतिकस्तर उठेपछि दुःख भोगेका कार्यकर्ताहरुमा हीनताबोध तथा पछुतो नहुने उल्लेख गर्नुहँुदै अध्यक्ष बिजुक्छेंले पार्टी प्रकाशनमार्फत जनतालाई शिक्षित गर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष बिजुक्छेंले जनतालाई झूटो आश्वासन र लोभ देखाएर होइन पार्टीको सिद्धान्त बताएर संगठन गर्नुपर्नेमा जोड दिनुहँुंदै पुँजीवादी विचार राख्नेहरुबाट नेपाल मजदुर किसान पार्टीको विरोध किन हुन्छ भन्नेबारे जनतालाई सचेत पार्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।
अध्यक्ष बिजुक्छेंले विद्यार्थीहरुलाई फुर्तिला (स्मार्ट) बनाउन संसारका पुँजीवादी क्रान्ति, मजदुर आन्दोलन र समाजवादी क्रान्ति तथा साम्राज्यवादविरोधी संघर्षबारे बताउनुपर्ने, नर्मन बेथुन र कोटनिस चे ग्वेभाराजस्ता अन्तर्राष्ट्रवादी चिकित्सकहरु र भ्रष्टाचारविरोधी इन्जिनीयरहरुको जीवनी अध्ययन गराउनुपर्ने आवश्यकता आंैल्याउनु भयो ।
अध्यक्ष बिजुक्छेंले निर्वाचनपछि देशको स्थितिले संघीयता ‘श्राप’ बन्न सक्ने र इमानदार मानिसहरुलाई गाह्रो हुने तर कार्यकर्ताहरुले संघर्ष छोड्न नहुने बताउनु भयो ।
अन्तर्राष्ट्रिय राजनीतिबारे चर्चा गर्दै अध्यक्ष बिजुक्छेंले संरा अमेरिकाको चीन र युरोपेली देशसँग व्यापार युद्ध सुरु भएको तथा ल्याटिन अमेरिकी र अफ्रिकी देशहरुबाट पनि संरा अमेरिका एक्लिएको बताउनु भयो ।
परिषद्ले नेपाल मजदुर किसान पार्टीविरुद्ध २०४५ साल भदौ ९ गते तत्कालीन पञ्चायती राज्यस्तरबाट रचित षडयन्त्र भक्तपुर काण्ड ‘कालो दिन’ को विरोध एवं भत्र्सना कार्यक्रम, महंगी र भ्रष्टाचारविरोधी गतिविधि, माक्र्स र एंगेल्सका रचनाहरु अध्ययन तथा अन्तरक्रियासहित समाजवादी गणतन्त्र प्रचार अभियान र वैदेशिक हस्तक्षेपविरुद्ध अभियान चालू राख्ने निर्णय ग¥यो ।
परिषद्मा पार्टी सचिव प्रेम सुवालले प्रस्तुत गर्नुभएको केन्द्रीय समितिको प्रतिवेदन र केन्द्रीय सदस्य सुनिल प्रजापतिले प्रस्तुत गर्नुभएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रस्ताव सुझावसहित पारित गरियो ।
परिषद्मा केन्द्रीय सदस्य, जनवर्गीय तथा पेशागत संगठनका केन्द्रीय समिति र पार्टी जिल्ला समितिहरुको प्रतिवेदन प्रस्तुत भएको थियो ।
Leave a Reply