जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
काठमाडौँ, २० साउन (रासस) ः पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो ‘अण्डरपास’ सञ्चालनमा ल्याइने भनी तोकिएको समय दुई पटक सरेको छ ।
सडक विभाग, चक्रपथ सुधार आयोजनाले असार दोस्रो सातामै ‘अण्डरपास’ सञ्चालनमा ल्याइने कुरा सार्वजनिक गरेको थियो । पहिलो म्यादमा काम पूरा नभएपछि दोस्रो पटक साउन पहिलो सातामै सञ्चालनमा आउने भनियो तर अझै सञ्चालन हुन सकेको छैन ।
‘अण्डरपास’ शुरु नहुँदा यात्रुले घण्टौँ जाममा बस्नुपर्ने बाध्यता छ । पछिल्लो पटक नियमित वर्षा भइरहेकाले दुई दिन घाममा गर्नुपर्ने काम नसकिँदा सञ्चालनमा ल्याउन नसकिएको आयोजना प्रमुख प्रकाश भण्डारीले राससलाई जानकारी दिनुभयो ।
“दुई दिन मात्र घाम लागे अलकत्रा हालेर त्यसमाथि केही गिट्टी छरेर ‘अण्डरपास’ सञ्चालनमा आउने थियो, मौसम बदली भइरहेकाले दुई दिनको काम रोकिएकाले सञ्चालनमा ल्याउन सकिएन”, उहाँले भन्नुभयो ।
चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको कोटेश्वर–बल्खुपुल–कलंकी चक्रपथ सुधार आयोजनाअन्तर्गत अण्डरपास निर्माण भएको हो ।
कोटेश्वर–बल्खुपुल–कलंकी १०.४ किमी सडकलाई आठ लेनमा विस्तार गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ । चिनियाँ युआन रु २१ करोड २० लाख अर्थात् नेपाली करीब रु पाँच अर्ब अनुदान सहयोगमा चक्रपथको पहिलो खण्ड विस्तारको काम भएको हो । निर्माण व्यवसायीलाई चीनले नै रकम उपलब्ध गराउने आयोजनाले जनाएको छ ।
Leave a Reply