भर्खरै :

केयूकेएल र खानेपानी बोर्डको पदाधिकारी भक्तपुर नपामा

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसित काठमाडौं उपत्यका खानेपानी लि. (केयुकेएल) का निर्देशक महेश भट्टराई र काठमाडौं उपत्यका खानेपानी बोर्डका निर्देशक सञ्जीवविक्रम राणाले आइतबार भेट गर्नुभयो ।
भेटमा भनपा प्रमुख प्रजापतिले खानेपानी वितरणको जिम्मा पाएको केयूकेएलले जनतालाई खानेपानी आपूर्ति गर्न नसकेको, ढल निकासको काम नगरपालिकाले गर्दै आए पनि खानेपानीले नै ढलको शुल्क उठाउंदै आएकोमा आपत्ति जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘कि ढल निकासको राम्रो व्यवस्था गर्नुप¥यो होइन भने ढलको पैसा नगरपालिकामा पठाउनुप¥यो, यो हिसाबले जनतासँग पैसा उठाउनु उचित छैन ।’
उहाँले नगरकोटको पानी वर्षाको समयमा अत्यन्तै फोहर हुने भएकोले केयुकेएलले त्यसबारे ध्यानु दिनुपर्ने बताउँंदै भनपा वडा नं. १ स्थित भक्तपुर क्याम्पसको दक्षिणतिर रहेको बोरिङको पाइप सफा गर्नुपर्नेमा जोड दिनुभयो ।
केयूकेएलका निर्देशक महेश भट्टराईले सरकारले केयूकेएलको आवश्यकताभन्दा थोरैमात्र बजेट पठाएकोले काम गर्न अप्ठेरो परेको र बाँसबारीको खानेपानी ट्याड्ढीको क्षमता वृद्धि तथा फिल्टरको व्यवस्था गर्न खोजिरहेको जानकारी दिनुभयो ।
भेटघाटपछि साउन २२ गतेदेखि भक्तपुरमा आउने खानेपानीको परीक्षण सुरू गर्ने र भक्तपुर क्याम्पसको दक्षिणतिर रहेको डीपबोरिङको पाइप सफा गर्न निर्देशकद्वय सहमत हुनुभएको छ ।
भेटमा उपप्रमुख रजनी जोशी र भनपा वडा नं. ७ का वडाअध्यक्ष उकेश कवांको पनि उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *