भर्खरै :

श्रमजीवी साकोस सञ्चालकहरूको क्षमता अभिवृद्धि तालिम

भक्तपुर, २० साउन । श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा साउन १७ देखि १९ गतेसम्म सञ्चालित सञ्चालकहरुको क्षमता अभिवृद्धि शनिबार समापन भयो ।
जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. भक्तपुरका अध्यक्ष कृष्णगोविन्द लाखाजुले गरी उक्त तालिमको उद्घाटन गर्दै यो तालिम साकोस सञ्चालकहरुको लागि अति नै महत्वपूर्ण तालिम हो । यसले सञ्चालकहरुको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
कानुन मन्त्रीले समेत ऐन नियमबारे तथ्यगत जानकारी नराख्नु सहकारीको विडम्वना भएको बताउँदै उहाँले हामी सञ्चालकहरुबाट ऐन, नियम तथा हरेक संस्थागत नीतिगत विषयमा अध्ययन र जानकार रहनुपर्नेमा जोड दिनुभयो ।
तालिमको समापन कार्यक्रममा श्रमजीवी साकोसका संस्थापक अध्यक्ष गणेशभक्त सितिखुले तालिममा सहभागी साकोस पदाधिकारीहरुलाई प्रमाण–पत्र वितरण गर्दै सञ्चालकहरुले ग्रहण गरेका ज्ञानलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो ।
श्रमजीवी साकोसका अध्यक्ष गाणेशलाल फोजुको सभापतित्वमा भएको कार्यक्रममा प्रशिक्षक सहजकर्ता उपेन्द्र हुमागाई, सञ्चालक उपाध्यक्ष विकुलाल सुवाल, सञ्चालक सचिव पुण्यराम दुवाल, सञ्चालकहरु लक्ष्मीनारायण कुसाथा, लक्ष्मी खाताखो, ले.सु.सं. बीणा त्यात, व्यवस्थापक कमलकेशरी त्यातले पनि बोल्नुभएको थियो ।
तीन दिनसम्म चलेको उक्त तालिममा प्रशिक्षक सहजकर्ताहरु कुमार खत्री, कृष्णगोविन्द लाखाजु र उपेन्द्र हुमागाईले प्रशिक्षण दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *