अध्यक्ष रोहितको चिनियाँ भाषामा अनुदित ‘जेलका चिठीहरू’ पुस्तकको विशेष समारोहबिच विमोचन
- श्रावण १, २०८३
काठमाडौं, २० साउन । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आइतबार बीमा विधेयक, २०७५ मा संशोधन दर्ता गराउनुभयो ।
संशोधनमा सांसद सुवालले प्रस्तावनामा समाजवादउन्मुख अर्थ व्यवस्थाअनुसार बीमासम्बन्धी सम्पूर्ण कार्य राज्यले लिनुपर्ने र बीमालाई व्यवसाय होइन सेवाको रुपमा नियमन गर्नुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले बीमासम्बन्धी काम गर्ने संस्थालाई निजी वा कम्पनीको रुपमा परिभाषित गर्न नहुने, नेपाल बीमा प्राधिकरण आवश्यक नभएको र राष्ट्रिय बीमा संस्थानलाई नै प्रभावकारी बनाउनुपर्ने संशोधन राख्नुभयो ।
विधेयकमा उहाँले विदेशी बीमा कम्पनीसम्बन्धी प्रावधान हटाउनुपर्ने, स्वास्थ्य बीमा कार्य निजी बीमा कम्पनीलाई दिन नहुने र सवारी साधनलगायतको नवीकरणको लागि निर्जीवन बीमा अनिवार्य गर्न नहुने संशोधन दर्ता गराउनुभयो ।
उहाँले अन्धविश्वासतर्फ उन्मुख ईश्वरको नाममा सपथ लिने हटाएर देश र जनताको नाममा सपथ लिने प्रावधान विधेयकमा राख्नुपर्ने संशोधन दर्ता गराउनुभयो ।
Leave a Reply