भर्खरै :

आठको मृत्यु, एक बेपत्ता

जाजरकोट, २० साउन । जाजरकोट सदरमुकाम खलङ्गामा आइतबार बिहानै गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । पहिरोले पुरेका आठ जनाको शव निकालिएको छ । एक जना अझै बेपत्ता छन् । एक जनाको जीवितै उद्धार गरिएको छ ।
भेरी नगरपालिका ६ गंगटियाका खड्गबहादुर लुहारको जीवितै उद्धार गरिएको छ । मृत्यु हुनेमा खड्गबहादुर लुहारकी श्रीमती २५ वर्षीया शितला लुहार, उहाँका छोरीहरू ९ वर्षीया भावना परियार, ६ वर्षीया रञ्जना परियार र ३ वर्षीया मनिसा परियार रहेका छन् । उनीहरूको शव पहिरोले पुरेको अवस्थामा घरभित्रबाट निकालिएको हो ।
उनीहरू सबै भेरी–३ खलंगा ठाँटीस्थित तीर्थराज बोहराको घरमा भाडामा बस्दै आएका थिए । त्यस्तै घरमुली तीर्थराज बोहराकी ७ वर्षीया छोरी नग्मा बोहराको पनि मृत्यु भएको छ । जीवितै उद्धार गरिएका खड्गबहादुर लुहारको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ । छाती, टाउको र खुट्टामा चोट लागेका लुहारको अवस्था गम्भीर छ ।
यसै ठाउँमा गोपाल सुनारको घर पहिरोले पुर्दा कुशे–६ ढिमेका १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नवीन परियारको शव फेला परिसकेको छ । नलगाड–१ डाँडागाउँका ८ वर्षीय गोविन्द परियारको लाश फेला परेको छैन । पानी परिरहेकाले उद्धारमा समस्या भएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *