नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
सिङ्गापुर, २० साउन (एएफपी) । अमेरिकाद्वारा प्रकट गरिने आणविक हतियारको निःशस्त्रीकरणका सम्बन्धमा देखाएको ‘दबाबजन्य’ अधैर्य व्यवहारको प्रजग कोरियाले शनिबार आलोचना गरेको छ ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाविरुद्ध पूर्ण आर्थिक नाकाबन्दीका लागि दबाब कायम राख्नुपर्ने भनेपछि प्रगज कोरियाको उक्त भनाइ आएको हो ।
सिङ्गापुरमा जारी सुरक्षा मञ्चमा संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनमा प्योङयाङले आणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई जारी राखेको र जहाजबाट जहाजमा तेलको आपूर्ति गरी प्रतिबन्धलाई छल्न खोजेको आरोपबारे विवादास्पद भनाइ आएपछि प्योङयाङको यो भनाइ आएको हो ।
गत जूनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको ऐतिहासिक वार्तापछि उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली प्रायद्वीपलाई आणविक रूपले निःशस्त्रीकरण गर्ने जटिल सम्झौता पालना गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । अमेरिकाले राख्दै आएको पूर्ण, प्रमाणित हुने र फिर्ता नहुने गरी निःशस्त्रीकरणको मागप्रति प्रजग कोरिया एक्कासि सकारात्मक बनेको थियो ।
सम्झौताप्रति अमेरिकी अधिकारीहरूले सार्वजनिक वृत्तमै प्योङयाङ सम्झौताप्रति आवश्यक तयारीमा लागेको आशावादी विचारहरू प्रकट गर्न थालिसकेका थिए । तर केही राष्ट्रसङ्घका सदस्यहरूले नाकाबन्दीलाई लचिलो बनाएको र यसबाट प्रजग कोरियालाई निःशस्त्रीकरणका लागि आवश्यक दबाब नपर्ने भन्दै वासिङ्टनले चासो व्यक्त गरेको थियो ।
दक्षिणपूर्वी एसियाली मुलुकहरूको सङ्गठन (आसियन) को क्षेत्रीय मञ्चमा प्रजग कोरियाली विदेशमन्त्री रि योङ हो ले निःशस्त्रीकरण योजनामा अमेरिकाको अधैर्य व्यवहार देखिएको बताउनुभएको हो ।
विदेशमन्त्रीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, आफ्ना नेताहरूको सोचबाट टाढा रहेका विषयलाई अमेरिकी पक्षबाट शङ्का गर्नु र आग्रहपूर्ण व्यवहारहरू आउनु दुर्भाग्यपूर्ण भएको छ । यो रोकिनु जरुरी छ ।
जूनमा भएको सम्झौतापछि प्योङयाङले आणविक तथा क्षेप्यास्त्र परीक्षणलाई रोकेको र आणविक हतियार परीक्षणस्थललाई नष्ट गर्नेजस्ता ‘हार्दिकताका उपायहरू’ अवलम्बन गरेको उहाँको भनाइ थियो ।
तर अमेरिकाले यसप्रति सकारात्मक प्रतिक्रिया दिनुको सट्टा उत्तर कोरियाविरुद्धको प्रतिबन्ध कडा पार्नुपर्ने आवाजलाई बुलंन्द पार्न थालेको छ । “जबसम्म अमेरिकाले हाम्रो चासोका विषयलाई हटाउन इच्छा देखाउन्न, हामी एकपक्षीय तरिकाले अघि बढ्नुको अर्थ छैन,” रीले भन्नुभयो ।
यसपहिले सोही मञ्चमा अमेरिकी विदेशमन्त्री पोम्पेओले आफूहरूले प्रजग कोरियाविरुद्धको कूटनीतिक तथा आर्थिक दबाबलाई कायम राख्नु महत्वपूर्ण भएको बताउनुभएको थियो । यद्यपि पोम्पेओले प्रजग कोरियाली निःशस्त्रीकरणका सम्बन्धमा हुने प्रगतिमा आफू आशावादी रहेको पनि बताउनुभयो ।
शनिबारको बैठकमा अमेरिकी प्रतिनिधिमण्डलले नेता किमलाई ट्रम्पले पठाएको चिठी विदेशमन्त्री रीलाई हस्तान्तरण गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
सम्मेलनको समय अमेरिकी विदेशमन्त्री पोम्पेओले रुसप्रति सङ्केत गर्दै प्रतिबन्धलाई तोड्दै प्रजग कोरियाली श्रमिकलाई मस्कोले काममा लगाएको बताउनुभएको थियो । पोम्पेओले अन्य मुलुकका विदेशमन्त्रीसँगको भेटमा जहाजबाट ओसारिने तेललाई रोक्नुपर्ने बताउनुभयो ।
Leave a Reply