भर्खरै :

महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

बैतडी, २१ साउन (रासस) ः दार्चुलाको उत्तरी क्षेत्रमा ठूलो वर्षा भइरहेकाले महाकाली नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग, जलविज्ञान महाशाखा÷बाढी पूर्वानुमान शाखाका अनुसार दार्चुलाको उत्तरी क्षेत्रमा भीषण वर्षा भइरहेकाले महाकाली नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिनुभयो । “उत्तरी क्षेत्रमा ठूलो वर्षा भएको जानकारी प्राप्त गरेका छौँ” प्रजिअ आचार्यले भन्नुभयो, “महाकालीमा पानीको बहाव बढेर जुनसुकै बेला पनि खतरा हुनसक्ने भएकाले सतर्क रहन आग्रह गरेका छौँ ।”
जिल्ला प्रशासन कार्यालय दार्चुलाले जिल्ला सदरमुकाम खलंगा, धाप, जोलजिवीलगायतका तटीय क्षेत्रका बासिन्दालाई बढी सतर्क रहन आग्रह गरेको छ । महाकाली नदी दार्चुला, बैतडी, डडेल्धुरा हुँदै कञ्चनपुरसम्म बग्ने भएकाले त्यहाँका तटीय क्षेत्रका बासिन्दालाई समेत सतर्क रहन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *