भर्खरै :

राष्ट्रपतिमाथि हमलाका दोषी पक्राउ

काराकस, ७ अगस्ट । भेनेजुयलाको प्रहरी प्रशासनले शनिबार राष्ट्रपति निकोलस माडुरोमाथि भएको हमलाका दोषीलाई नियन्त्रणमा दिएको प्रहरीका प्रमुख तारेक विलियम साबले बताएका छन् ।
‘हामीले सबै षड्यन्त्रकारी र उनीहरूका निकट सहयोगी पहिचान गरिसकेका छौं ।’, सोमबार आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले भने,‘हत्या प्रयास भएको दिन र त्यसपछि उनीहरू कहाँ बसेका थिए, त्यो समेत पत्ता लगाइसकेका छौं ।’
भेनेजुयलाको राष्ट्रिय गार्डको ८१ औं वार्षिक समारोहमा भएको कार्यक्रममा धेरै वटा ड्रोन आकाशमा उडाइएको थियो । राष्ट्रपति माडुरोले भाषण गरिरहेको मञ्च नजिक ती ड्रोन उडाइएको थियो ।
दुई जना आरोपितले कारभित्र बसेर ती ड्रोनहरू उडाइरहेको प्रहरीले पत्ता लगाएको छ । ती दुवैलाई प्रहरीले गिरफ्तार गरिसकेको छ ।
भेनेजुयला प्रहरीले हालसम्म कति जना अभियुक्तलाई गिरफ्तार गरिसकेको छ, त्यो संख्या सार्वजनिक गर्न चाहेनन् ।
‘हामीले यो घटनाको अन्तर्राष्ट्रिय सम्बन्ध पनि पहिचान गरिसकेका छौं ।’, उनले भने ।
भेनेजुयला सरकारले घटनाको लागि छिमेकी देश कोलोम्बियाको सरकारलाई दोषारोपण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *