तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
ललितपुर, २१ साउन । नेपाल मजदुर किसान पार्टी काठमाडांै र ललितपुर जिल्ला समितिको संयुक्त आयोजनामा सोमबार अगुवा कार्यकर्ता भेला भयो ।
पार्टीको साउन १८–२० सम्म भएको २९ औं केन्द्रीय परिषद्का निर्णयबारे कार्यकर्तालाई जानकारी दिने लक्ष्यले आयोजित कार्यक्रममा वक्ताहरूले समसामयिक राजनीतिक अवस्थाबारे चर्चा गर्नुभएको थियो ।
नेमकिपाका केन्द्रीय सदस्य नवराज कोइरालाले पुँजीवादमा अल्झेर कम्युनिष्ट आन्दोलनलाई क्षति पु¥याउने नक्कली कम्युनिष्टबारे जनताबीच उदाङ्ग्याउनुपर्ने बताउनुभयो ।
उहाँले प्रतिकूल परिस्थितिमा नेमकिपाका कार्यकर्ता अझै जुझारु भएर सङ्घर्षमा होमिरहेको बताउँदै पार्टीको आगामी चैत १–४ सम्म हुने महाधिवेशन समाजवादी आन्दोलनकै सिलसिला हुने धारणा राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला समितिका अध्यक्ष दिनेशप्रसाद साहले तराई किसान आन्दोलनको भूमि भए पनि किसानहरू अझै मोहियानी हक र अरु अधिकारबाट वञ्चित रहेको बताउनुभयो । उहाँले भारतले नाकाबन्दी थोपर्दा तराईका जनताले पनि दुःख पाएको तर केही तस्करहरूले फाइदा उठाएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला समितिका अध्यक्ष हरिसुन्दर बासीले नेमकिपाले भारतीय एकाधिकार पुँजी र संरा अमेरिकी साम्राज्यवादविरोधी आन्दोलनमा नेमकिपा लागिपरेको चर्चा गर्दै महलीसागरमा पुगेर भारतीय हस्तक्षेपको विरोध गरेको घटनाको स्मरण गर्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले प्रदेशसभामा नेमकिपाले देश र जनताको पक्षमा निभाइरहेको भूमिकाबारे चर्चा गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा सुर्खेतका अध्यक्ष वमबहादुर शाही, राजवीर डंगोल र बुद्ध शिल्पकारले पनि बोल्नुभएको थियो ।
Leave a Reply