अतिक्रमणमा परेको जग्गा पशुपतिनाथको नाउँमा ल्याउनु जरुरी
- असार २९, २०८३
–निश्चल श्रेष्ठ
म वागीश्वरी माध्यमिक विद्यालयको विद्यार्थी होइन । कुनै समय म पनि भक्तपुर नगरकै एउटा प्रतिष्ठित विद्यालयको विद्यार्थी र त्यही विद्यालयबाट २०५९ सालमा प्रथम श्रेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण गरी स्नात्तकोत्तर तह सकाएर आप्mनो छुट्टै काममा क्रियाशील छु । यद्यपि सबैभन्दा पहिले म वागीश्वरी माध्यमिक विद्यालयको हीरक जयन्तीको अवसरमा विद्यालय परिवारलाई भित्री ह्दयदेखि बधाई र धन्यवाद दिन चाहन्छु । वागीश्वरी माध्यमिक विद्यालयले आप्mनो विद्यालयको हीरक जयन्तीको अवसरमा स्थानीय गुठीका साथै ज्येष्ठ नागरिक तथा विद्यालयका पूर्व शिक्षकशिक्षिकाहरूलाई सम्मान कार्यक्रमबाट सुरु भएको कार्यक्रम हाल आएर विद्यालयका पूर्व विद्यार्थीहरूको भेला तथा भेटघाट कार्यक्रममा आएको छ । यसले विद्यालयले आप्mनो लागि सहयोगी हातहरूमात्र वृद्धि गरेको छैन धेरै वर्ष, अझ भनौं दशकौं अवधिसम्म पनि भेटघाट नभएका समकालीन साथीहरूको भेटघाट गराउने कार्य विद्यालयले जुराइदिएको छ । यस अर्थमा पनि वागीश्वरी माविलाई धन्यवाद दिन चाहन्छु ।
राम्रो कार्यको जसले पनि अनुशरण गर्नुपर्छ र गरिंदै आएको छ । आप्mनो जस्तै कार्य अरुले ग¥यो भनेर कसैले घमण्ड गर्नु पनि उचित छैन । त्यस प्रकारका गतिविधिलाई अरुको लागि प्रगतिको बाटो देखाएको मान्नु उपयुक्त हुनेछ । उचित यस्ता कार्यको लागि दशक, रजत, हीरकजस्ता समयको आवश्यकता पर्दैन । भक्तपुरमा नाम चलेका धेरै विद्यालयहरू छन् । जहाँबाट हजारौं विद्यार्थीहरूले प्रवेशिका परीक्षा उत्तीर्ण गरी आ–आप्mनो क्षेत्रमा क्रियाशील छन् । यस्तै अन्य धेरै विद्यालयहरूले पनि वागीश्वरी माविले जस्तै आप्mना पूर्व विद्यार्थीहरूलाई सम्झनुपर्ने अहिलेको आवश्यकता हो । जसले गर्दा विद्यालयले सहयोगी हातहरू पाउनुका साथै धेरै समयसम्म पनि भेटघाट नभएका समकालीन साथीहरूबीच भेटघाट हुनेछ । यस प्रकारका गतिविधिहरू बिलम्ब गर्नु हुँदैन जस्तो लाग्छन् । आशा छ, यसप्रति सम्बन्धित विद्यालयहरूले ध्यान दिनेछ । अन्तमा पुनः एक पटक वागीश्वरी माध्यमिक विद्यालयलाई साधुवाद ।
Leave a Reply