जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
काठमाडौं, २३ साउन । जवाफदेहिता निगरानी समितिले भक्तपुरमा दुई अपहरणकारी मारिएको इन्काउन्टर घटनाको अध्ययन गर्न छानबिन समिति गठनको माग गरेको छ ।
उक्त घटना इन्काउन्टर हो वा गैरन्यायिक हत्या हो भन्ने विषयमा शङ्का उब्जिएको भन्दै समितिले घटनाको सत्य तथ्य सार्वजनिक गर्न र दोषी देखिएमा कारबाही गर्न स्वतन्त्र र निष्पक्ष छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको हो ।
अपहरणजस्तो जघन्य अपराधको घटनामा संलग्न कोही पक्राउ नपर्ने र कतिपयको इन्काउन्टर गरिंदा प्रमाण नष्ट हुनुका साथै संविधानले प्रत्याभूत गरेको नागरिकको बाँच्न पाउने हकसमेत हनन हुन पुगेको जवाफदेही निगरानी समितिको तर्फबाट संयोजक चरण प्रसाईंले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । त्यस्तै प्रहरी इन्काउन्टरमा मारिएका नुवाकोटका गोपाल तामाङ र अजय तामाङको प्रहरीले गैरन्यायिक काम गरेको दाबीसहित राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता भएको छ । अजयका बुबा निमा तामाङ, मामा नुवाकोटको मेघाङ गाउँपालिकाका अध्यक्ष आशबहादुर तामाङलगायतले बुधबार आयोगमा पुगेर प्रहरी ‘इनकाउन्टर’ माथि छानबिन गर्न मागसहित उजुरी दर्ता गरेका हुन् । काठमाडौं काँडाघारीका ११ वर्षका बालक निशान खड्काको अपहरणपछि हत्याका आरोपित अजय तामाङ र गोपाल तामाङको भक्तपुरमा प्रहरी इन्काउन्टरमा मृत्यु भएको थियो ।
Leave a Reply