अतिक्रमणमा परेको जग्गा पशुपतिनाथको नाउँमा ल्याउनु जरुरी
- असार २९, २०८३
कुहिने र नकुहिने फोहरमैला छुट्टाछुट्टै व्यवस्थापन गर्न भक्तपुर नगरपालिकाले घर घरमा बाल्टिन सुपथ मूल्यमा वितरण गरेको छ । बुधबार भनपा वडा नं. ४ बाल्टिन वितरण गरियो । कार्यक्रममा वडाध्यक्षले फोहर राख्न लिएको बाल्टिनमा फोहरमात्र राख्न र खानेकुरा, अन्न राखेर दुरुपयोग नगर्न वडावासीलाई अनुरोध गर्नुभयो । वितरीत रातो रङ्गको बाल्टिनमा कुहिने फोहर राख्ने स्टिकर छ र हरियो बाल्टिनमा नकुहिने फोहर राख्ने स्टिकर छ । बाल्टिन लिएर बाहिर चोकमा आउनासाथ सार्वजनिक स्थानमा फोहर सङ्कलन गर्न भक्तपुर नगरपालिकाले राखेको ठूला बाल्टिनको रङ्ग ठीक उल्टो देखेपछि वडावासीहरू जिल्ल परेका छन् । ठूला बाल्टिन रातोमा नकुहिने र हरियोमा कुहिने फोहर राख्ने अनि बाल्टिन राखिएको स्टायण्डमा पनि रातो बाल्टिनमाथि नकुहिने फोहर राख्ने र हरियोमाथि कुहिने फोहर राख्ने लेखिएको छ । अब नगरवासीहरूले कुन रङ्गको बाल्टिनमा कुन फोहर राख्ने हो ?
फोहरलाई मोहर बनाउने अभियान चलेको छ । फोहरमैलाको व्यवस्थापन सही ढङ्गले गर्नसके फोहरमैला व्यवस्थापन गर्दाको खर्चभन्दा धेरै आम्दानी गर्नसक्ने सम्बन्धित विज्ञहरूको दाबी छ । व्यवस्थित रुपमा फोहरमैलाको व्यवस्थापन गर्न भक्तपुर नगरपालिकाले कुहिने र नकुहिने छुट्याई फोहर सङ्कलन गर्नु र सोको लागि फरक रङ्गको बाल्टिन व्यवस्थापन गर्नु सराहनीय काम हो । तर फोहर सङ्कलन गर्ने बाल्टिनको रङ्गलाई ख्याल नगर्दा नगरवासीमा भ्रम सिर्जना भएको छ । नगरपालिकाका सार्वजनिक चोकमा मात्र होइन, अस्पताल तथा विदेशमा समेत रातो रङ्गको फोहर राख्ने भा“डामा नकुहिने फोहरमात्र राख्ने प्रचलन छ । तर नगरपालिकाले घर घरमा राख्न दिएको बाल्टिनको रङ्ग गलत परेपछि कुहिने र नकुहिने छुट्याइ फोहर सङ्कलन गर्ने भक्तपुर नगरपालिकाको पवित्र उद्देश्य पूरा होला कि नहोला ? घरमा रातो रङ्गको बाल्टिनमा कुहिने फोहर राख्ने बानी परेका वडावासीले भनपाकै चोकमा आएर के गर्लान् ? अस्पतालमा कुहिने फोहर कुन रङ्गको बाल्टिनमा राख्लान् ? एउटा शिशुले विद्यालयमा कसरी बाल्टिन प्रयोग गर्लान् ? रातो रङ्गको बाल्टिनमा कुहिने फोहर राखिरहेको निरक्षर नागरिकले के सिक्लान् ?
नागरिक भावनाको विकास गर्न जोडतोडले लागेको नगरपालिकामा, शिक्षा क्षेत्रलगायत सुशासनमा नेपालकै नमुना नगरपालिकामा वितरीत फोहर सङ्कलन गर्ने बाल्टिनको रङ्ग कसरी गलत पर्न गयो ? नगरवासीहरूलाई भ्रमित पार्न लापरबाही गर्ने अधिकारीलाई कारबाही गरेर सही रङ्गको बाल्टिन तत्काल वितरण गर्दा नै भक्तपुर नगरपालिकाको गरिमा कायम रहने छ ।
आरवि त्वायना,
भनपा – ४
Leave a Reply