अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
शर्मिला पाठक
काठमाडौं, २४ साउन । काठमाडौं भ्यू टावर(दृश्यावलोकन स्तम्भ) निर्माणका लागि पहिलो चरणको सयम सकिनै लाग्दासम्म काम अघि बढ्न सकेको छैन ।
काम नभएपछि समय थप्ने तयारी काठमाडौं महानगरपालिकाले गरेको छ । सम्झौतानुरुप आगामी भदौ १० गतेदेखि पहिलो चरणका लागि कामपाले दिएको समय सकिंदै छ । समय सकिन लागे पनि निर्माणको काम अघि बढेन । “नियमअनुसार निर्धारित समयमा नै काम नसकेमा एक पटक समय थप्न मिल्छ”, कामपा सार्वजनिक निजी साझेदारी एकाइ प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो ।
स्तम्भ निर्माणका लागि कामपा तथा जलेश्वर, स्वच्छन्द र बिकोइबीच २०७१ साल फागुन २२ मा सम्झौता भएको थियो । सम्झौतानुसार ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउन पाउनेछन् । काफ्लेका अनुसार उक्त स्तम्भ निर्माणको योजना भूकम्पअघि नै आएको र भूकम्पपछि निर्माणसम्बन्धी फरक निर्णय हुँदा केही समय काम गर्ने वातावरण थिएन । पछि काम गर्ने वातावरण हँुदा पनि काम गरेको पाइँदैन, अर्को कम्पनीलाई दिइहाल्ने अवस्था पनि छैन । कम्पनीले कामपालाई सुरुको समयदेखि नियमित रुपमा बुझाउनुपर्ने सम्झौता रकम दिइरहेको छ ।
गोरखा भूकम्पपूर्वको योजना स्तम्भ २९ तला बनाउने थियो । भूकम्पपछि भवन निर्माणको मापदण्ड फेरबदल भएकोले भवन पूर्णरूपमा भूकम्प प्रतिरोधात्मक बनाउनुपर्नेछ । बा¥ह तलाको बनाउनका लागि नक्शा पास भएको लामो समय बितिसक्दा पनि काम हुन नसकेपछि कामपा समय थप्नका लागि तयार हुनुपरेको हो । काम सुरु भएको पाँच वर्षभित्र सो स्तम्भ बनाइसक्नुपर्ने हुन्छ ।
स्तम्भ निर्माणको लागत रु. तीन अर्ब ५० करोड पुग्ने अनुमान गरिएको छ । स्तम्भको सबैभन्दा तल्लो तलामा बसको पार्किङ स्थल रहनेछ । त्यसको माथि दोस्रो तलामा हलुका गाडीको पार्किङ स्थल, व्यवस्थित चलचित्रघर, पौडी पोखरी, खाजाघर, बैड्ढ तथा महानगरपालिकाको वडा कार्यालयसमेत रहनेछन् । स्तम्भका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । सो अग्लो घर नेपाली कलासंस्कृति झल्किने खालको हुनेछ ।
स्तम्भका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । सोमध्ये ४० प्रतिशत भूभागमा स्तम्भ बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिनेछ । साठी प्रतिशत जग्गामा आकर्षक बगैंचा, बस्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिने योजना छ । स्तम्भमा विभिन्न स्वदेशी तथा विदेशी सामग्री राखिने योजना पनि छ ।
कामपा र ठेकेदार कम्पनीबीच भएको सम्झौतानुसार कम्पनीले वार्षिक रु. दुई करोड ३५ लाख तिर्नुपर्ने हुन्छ । यो वार्षिक २ दशमलव ५ प्रतिशतका दरले बढ्दै जान्छ । निर्माणको जिम्मा पाएको कम्पनीले अहिलेसम्म कामपालाई रु. पाँच करोड बुझाइसकेको छ । तीन वर्षदेखि निर्माण सुरु गर्ने योजनाले गर्दा बसपार्कबाट आवतजावत गर्ने सवारी साधनलाई खुला मञ्चमा सारिसकिएको छ । बसपार्कजस्तो फराकिलो नभएको हँुदा मानिसहरू खुला मञ्चमा खुम्चिएर आवतजावत गर्न बाध्य भएका छन् ।
Leave a Reply