तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २४ साउन । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिको आयोजनामा बुधबार नगरस्तरीय कार्यकर्ता भेला सम्पन्न भयो । भेलामा नेमकिपाका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले हालै सम्पन्न नेमकिपाको २९ औं परिषद्ले गरेका निर्णयहरूबारे जानकारी गराउँदै पार्टीको आगामी चैतमा हुने महाधिवेशन सफलताको लागि कार्यकर्ता परिचालनको लागि आग्रह गर्नुभयो
उहाँले पुँजीवादी सरकारले व्यापक जनताको माग पूरा गर्न नसक्ने हुनाले जनताको प्रजातन्त्र हुँदै समाजवादमा पुग्ने पार्टीको लक्ष्य पूरा गर्न जिल्ला जिल्लामा गएर व्यापक कामदार जनतालाई राजनीतिक र सैद्धान्तिक रूपमा सचेत र सङ्गठित बनाउनुपर्ने धारणा राख्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले युवा पुस्तालाई सङ्गठित गर्ने, पार्टी गतिविधि र प्रकाशन अध्ययनमा जोड दिनुपर्ने, कार्यकर्ताहरूले पार्टी सङ्गठन विस्तार एवं विकासको लागि अग्रज अनुभवीबाट सिक्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य सृजना सैंजू, नेमकिपा नगर समिति भक्तपुरका अध्यक्ष नारायणबहादुर दुवाल, मुक्तिसुन्दर जधारीलगायतले बोल्नुभएको थियो ।
Leave a Reply