अतिक्रमणमा परेको जग्गा पशुपतिनाथको नाउँमा ल्याउनु जरुरी
- असार २९, २०८३
नेपालको पत्रकारितामा कहिलेकाहीं कुन समाचारले किन प्राथमिकता पाउँछन् भन्नेबारे कारण पत्ता लगाउन पाठकलाई मात्रै होइन खुद पत्रकार र बुद्धिजीवी समुदायलाई पनि अप्थ्यारो भइरहेको छ ।
सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई संसदीय सुनवाइ समितिले अस्वीकार गरेको बारे सबभन्दा बढी महत्व ठूला दैनिक पत्रिकाहरूले दिए । किन ?
धेरै वर्षदेखि पदमा राख्नै नहुने र मनोनीत गर्नै नहुने न्यायाधीशहरू र राजदूतहरूबारे सुनवाइ समितिमा विवाद भए पनि एकजना सांसदले मात्र सरकारको सिफारिसलाई स्वीकारेमा समितिको अनुमोदन सावित हुन्छ भनी गलत व्याख्या गरिन्थ्यो । । अनि न्यायाधीशहरू दलका कार्यालयहरूमा ‘दाम चढाउन गएको’ र राजदूतहरूले विदेशका दूतावासमा दिनभर ‘रक्सी खाएर बस्ने’ वा ‘आफ्ना नातागोताको व्यापारमा मात्रै सहयोग गर्ने गरेको र ‘देशको होइन परिवारको राजदूत’ जस्ता गुनासाहरू छलफलमा आउने गरेका थिए भनी जानकारहरू बताउँथे ।
पहिले समिति खाली औंठा छाप लगाउने संस्थामात्र सावित भइरहेको थियो भने यसपालि समितिले निर्णय गर्न पाउनु उचित देखियो । शासक दलहरू हिजो एक थिए र आपसमा भागवण्डा गर्थे । अहिले शासक दलहरू विभाजित भएको हुँदा यो निर्णयले मूर्तता पायो । तर त्यसको विरोधमा सबैजसो दैनिकले यसबारे पहिलो पृष्ठमै ठूल–ठूला अक्षरले लेखे । कुनै व्यक्ति र दलको पक्ष–विपक्ष हेर्नुभन्दा अयोग्यताको कारणबारे नजिर नभएको होइन ।
दक्षिणको खुला सीमा र अपराध
हालै ठाउँ ठाउँमा बलात्कारपछि हत्या गरिएका समाचारहरू पनि छापिए । जो स्वाभाविक हो । तर बलात्कार र समाजमा हो–हल्ला हुने, जनतामा त्रास फैलिने अपहरण र हिंसाका घटनाहरूमा केही राजनैतिक उद्देश्यबाट पनि गरिएका हुन्छन् । चाणक्य राजनीतिअनुसार अस्तित्वमा रहेको सरकारले शान्ति र सुरक्षा दिन नसकेको भनी जनतामा सरकारको विश्वसनीयता घटाउने उद्देश्यले पनि देशी र विदेशी शक्तिहरूले भूमिका खेलेका हुन्छन् । तराईमा भएका ‘मधेसवादी’ उपद्रवको बेला यस्ता घटनाहरू धेरै भए र जनतालाई आतङ्कित पारेर ‘भलाद्मी’ र ‘इज्जतदार’ मानिसहरूलाई घर–जग्गा बेच्न लगाई बसाईं सर्न बाध्य गरेको व्यापक चर्चा भएको थियो । कारण प्रस्टै थियो – दक्षिणको खुला सीमा !
बलात्कारका घटनाहरू पछाडि सिनेमाको पनि धेरै प्रभाव पर्ने हुँदा चलचित्र व्यवसायीहरू र संस्कृति मन्त्रालयको बीचमा छलफल आवश्यक छ । चलचित्रका लेखक र गीत–सङ्गीतका कलाकारहरूको सहयोग पनि जरूरै आवश्यक होला ।
मौसमी समाचारहरू
पत्रकारिताले यस वर्ष सडक, पुल र फोहरमैलाबारे सम्बन्धित संस्थाहरूलाई अघि सारेर समाचारहरू सम्प्रेषण गर्नु सा¥है राम्रो देखियो । त्यस्ता केही समाचारहरू निम्न छन्–
क. भोजपुर र सङ्खुवासभा जोड्ने अरूण नदीमाथिको ‘लम्सुवा पुलः आठ वर्षमा ३० प्रतिशत काम ।’ (गोरखापत्र, २० साउन २०७५) ख. सिरहाका समाचारहरू– लोकमार्गबाट नउठाइएको फोहर नगरपालिकाको कार्यालयमा ।
ग. कालीकोटको समाचार छ – समयै निर्माण हुनसकेन पुल ।
घ. रूकुमको समाचार छ– ‘राप्ती लोकमार्गमा यात्रुलाई सास्ती ।’
ङ. ‘टीकापुरमा हिले सडकले आयात–निर्यातमै समस्या ।’
–हरि श्रेष्ठ, कीर्तिपुर
Leave a Reply