कबड्डी प्रतियोगितामा सहभागी हुन जाने खेलाडीलाई बिदाइ तथा शुभकामना
- कार्तिक २०, २०८३
भक्तपुर, २४ साउन । नेपाल क्रान्तिकारी युवा सङ्घको २८ औं स्थापना दिवस (असोज ३) को अवसरमा नेक्रायुसङ्घ भजिसको खेलकुद विभागद्वारा दोस्रो राष्ट्रिय ¥यापिड बुद्धिचाल प्रतियोगिता यहि आउँदो असोज २ र ३ गते भक्तपुरमा आयोजना गरिने जानकारी नेक्रायुसङ्घ भक्तपुरका खेलकुद विभागका संयोजक राजकुमार लघुले दिनुभयो । नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजु र नेक्रायुसङ्घ भजिस ११ औं जिल्ला सम्मेलन तयारी समितिका संयोजक मिनबहादुर बाटाको उपस्थितिमा बसेको खेलकुद विभागको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा नेमकिपा भजिसका अध्यक्ष न्हुछेभक्त फोजुले पार्टीको २९ औं केन्द्रीय परिषदबारे जानकारी दिनुभयो । बैठकले प्रतियोगिता भव्यताकासाथ सम्पन्न गर्नको लागि सबैमा आर्थिक, भौतिक, नैतिक सहयोगको आह्वान गर्ने निर्णयका साथै रामशरण त्वात्तीको संयोजकत्वमा प्रचारप्रसार समिति र एण्डिज ग्वाछाको संयोजकत्वमा आर्थिक समिति पनि गठन ग¥यो ।
Leave a Reply