नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
साना, यमन, २५ साउन (एएफपी) । उत्तरी यमनमा विद्रोहीको बलियो प्रभाव रहेको एक बजार इलाकामा साउदी अरेबियाआवद्ध क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २९ बालबालिकाको मृत्यु भएको छ ।
साउदी अरेबियाआवद्ध संयुक्त गठबन्धनले यो आक्रमण गरेको रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) ले जानकारी दिएको छ । संयुक्त गठबन्धनका प्रवक्ता तुर्कि अल–मलिकीले साउदी अरेबियामाथि हुथी विद्रोहीले घातक क्षेप्यास्त्र प्रहार गरेको बदलामा कारबाही गरिएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “बसमा हुथी विद्रोही चढेको आशङ्का गरिएको थियो । तर उनीहरूले बालबालिकालाई प्रयोग गरे ।”
आइसीआरसीका अनुसार बालबालिकाले भरिएको सो बस हुथी विद्रोहीको बलियो प्रभाव रहेको सादाको दहमयान बजारतर्फ जाँदै थियो ।
स्थानीय यमनी अस्पतालका अनुसार हालसम्म २९ बालबालिकाको शव प्राप्त भइसकेको छ । ती बालबालिका १५ वर्ष मुनिका छन् । क्षेप्यास्त्र आक्रमणमा परी ३० जना बालबालिकासहित ४८ व्यक्ति घाइते भएको आईसीआरसीले जानकारी दिएको छ ।
घाइतेहरूका कैयांै बालबालिकाको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको संख्या अझै बढ्न सक्ने पनि प्रहरीको अनुमान रहेको छ ।
घाइते र मृतकलाई विभिन्न स्थानीय अस्पतालहरूमा राखिएकोले मृतकको सही विवरण प्राप्त भइनसकेको रेडक्रसका प्रवक्ताले जानकारी दिएका छन् ।
विद्रोहीका अनुसार यस आक्रमणमा परी ५० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ७७ घाइते भएका छन् । यो सङ्ख्या प्रायः बालबालिकाको भएको जनाइएको छ ।
यसैबीच, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस र अमेरिकी विदेश मन्त्रालयले यस घटनाको स्वतन्त्र रुपमा छानबिनका लागि आह्वान गरेका छन् । निर्दोष व्यक्तिहरूमाथिको यस्तो आक्रमणलाई अन्तर्राष्ट्रिय मानवीय कानुनले पनि निन्दनीय मान्दछ ।
यमन सरकारलाई सहयोग गर्दै आएको साउदी नेतृत्वको गठबन्धन नै बिहीबारको आक्रमणमा दोषी रहेको हुथी विद्रोहीको दाबी छ ।
Leave a Reply