भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
मुम्बइ, २५ साउन (एएफपी) । भारतीय फिल्म स्टार कमल हसन राजनीतिमा आउने तयारी गर्नुभएको छ ।
झण्डै आधा शताब्दीदेखि फिल्म क्षेत्रमा सक्रिय हसनले झण्डै २०० ओटा फिल्ममा काम गर्नुभएको छ । उहाँलाई भारतको फिल्म क्षेत्रमा सम्मानित दिइने व्यक्तिका रूपमा लिइन्छ ।
फिल्म सेन्सरसिपको झमेलामा पर्नुभएका ६३ वर्षीय हसनले हालै आफ्नो नयाँ राजनीतिक पार्टी गठन गर्नुभएको छ । उहाँले सो पार्टी मार्फत् कलाकारहरूको अधिकार र स्वतन्त्रताका लागि लड्ने योजना पनि बनाउनुभएको छ ।
“यस्तो देशभरी नै भइरहेको छ, यो निकै चुनौतीपुर्ण पनि छ, सबै कलाकारले अब आफ्नो अधिकारका लागि बोल्ने छन्,” एएफपीसँगको एउटा अन्तर्वार्तामा उहाँले तमिलनाडुमा भन्नुभयो ।
थुप्रै पुरस्कार तथा सम्मान प्राप्त गरेका र ‘बक्स अफिस’ मा लोकप्रियता हासिल गरेका कलाकारहरूले त्यो लोकप्रियतालाई मतपेटिकामा रूपान्तरण गर्ने अपेक्षा गरिएको छ ।
हसनले ‘मक्का निधी मैम’ नामक पार्टी गत फेब्रुअरीमा गठन गर्नुभएको थियोर तमिलनाडुलाई आधार बनाएर बनाइएको पार्टीलाई स्थानीय भाषामा जनताको न्याय केन्द्र भनिएको छ । यो पार्टीले आगामी आम निर्वाचनमा पहिलोपटक भाग लिने बताइएको छ ।
हसनले भारतका तमिल, तेलुगु, मालयालम र हिन्दी भाषाका धेरै फिल्महरू उत्पादन गर्ने, निर्देशन गर्ने र गीत गाउने गर्नुभएको छ ।
Leave a Reply