तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २६ साउन । जनवादी गणतन्त्र चीनको सिचुआन प्रान्तको सुई निङ्ग सहरको जनप्रतिनिधिसभाका उपाध्यक्ष ताइ चियन मिङ्गको नेतृत्वमा आएको एक प्रतिनिधि मण्डललाई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले शनिबार भक्तपुरमा स्वागत गर्नुभयो ।
स्वागत भेटमा अध्यक्ष रोहितले नेपाल र चीनबीचको सम्बन्ध इतिहास जत्तिको पुरानो रहेको बताउँदै नयाँ पुस्ताले नयाँ परिस्थितमा नयाँ ढङ्गले नेपाल–चीन सम्बन्धलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
भेटमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरबारे छोटो परिचय दिंदै भक्तपुरले शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रमा जोड दिइरहेको प्रस्ट पार्नुभयो ।
सिचुवान प्रान्तको सुइनिङ सहरका जनप्रतिनिधिसभाका उपप्रमख ताइ चिय मिङ्गले सुई निङ्ग भक्तपुरजस्तै पुरानो सहर भएको बताउँदै उद्योग र पर्यटन क्षेत्रमा अगाडि बढिरहेको जानकारी दिनुभयो ।
एक–आपसमा सांस्कृतिक पर्यटनको अनुभव आदानप्रदानमा जोड दिंदै उहाँले सुई निङ्गले भक्तपुरले जस्तै टोल टोलमा स्वास्थ्य सेवा पु¥याइरहेको बताउनुभयो ।
भेटमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको पनि उपस्थिति रहेको थियो ।
Leave a Reply