भर्खरै :

पर्यटन शुल्कबाट आम्दानी

भक्तपुर, २६ साउन । भक्तपुर नगरपालिकाले गत आर्थिक वर्ष २०७४÷७५ मा पर्यटन शुल्कबाट रु. २४ करोड १४ लाख ४१ हजार रु. आम्दानी गरेको छ । गतवर्ष भक्तपुर अवलोकनका लागि आएका दुई लाख २७ हजार ६१४ विदेशी पर्यटकबाट नगरपालिकाले सो रकम आम्दानी गरेको हो ।
गत वर्ष चीनसहित दक्षिण एशियाली मुलुकका ९९ हजार ९८० र तेस्रो मुलुकका एक लाख २७ हजार ६३४ जना पर्यटकले भक्तपुर नगर अवलोकन गरेको नपास्थित पर्यटन सूचना केन्द्रका प्रमुख दामोदर सुवालले जानकारी दिनुभयो ।
नगरपालिकाले चीनसहित दक्षिण एसियाली मुलुकका पर्यटकसँग प्रतिव्यक्ति रु. ५०० र तेस्रो मुलुकका पर्यटकबाट भने प्रतिव्यक्ति एक रु. हजार ५०० प्रवेश शुल्क उठाउँदै आएको छ ।
भक्तपुर नगरले २०५० साउन ६ गतेदेखि पर्यटकबाट शुल्क उठाउन सुरु गरेको हो । नगरपालिकाले तेस्रो मुलुकका पर्यटकबाट रु. ५० शुल्क लिंदै पर्यटन शुल्कको सुरुबाट गरेको हो । त्यसको तीन वर्षपछि नगरपालिकाले पाँच दोब्बर वृद्धि गरी २०५३ साउन १ गतेदेखि तेस्रो मुलुकका पर्यटकका लागि पाँच अमेरिकी डलर वा नेपाली रु. ३०० शुल्क उठाएको थियो ।
नगरपालिकाले २०५४ पुस १७ गतेदेखि प्रतिव्यक्ति रु. ३० बाट चीनलगायत दक्षिण एसियाली मुलुकका पर्यटकसँग शुल्क उठाउन थालेको हो । अमेरिकी डलरको मूल्य वृद्धिसँगै नगरपालिकाले २०५७ भाद्र १ गतेदेखि तेस्रो मुलुकका पर्यटकको प्रवेश शुल्क रु. ३७५ पु¥याएको सुवालले जानकारी दिनुभयो ।
नगरपालिकाले २०५७ पुस १७ गतेबाट पर्यटक शुल्कमा दोब्बर वृद्धि गरी तेस्रो मुलुकका पर्यटकका लागि प्रतिव्यक्ति रु. ७५० वा १० अमेरिकी डलर र चीन तथा दक्षिण एशियाली मुलुकुका पर्यटकले प्रतिव्यक्ति रु. ५० शुल्क उठाउन थाल्यो ।
विसं २०६७ पुस १७ गतेदेखि नगरपालिकाले तेस्रो मुलुकका पर्यटकसँग प्रतिव्यक्ति एकहजार १०० वा १५ अमेरिकी डलर र चीन तथा दक्षिण एसियाली मुलुकका पर्यटकलाई भने रु. १०० पु¥याइएको थियो ।
अमेरिकी डलरको मूल्यवृद्धि भएको भन्दै नगरपालिकाले पुनः २०७० पुस १७ गतेदेखि लागू हुने गरी तेस्रो मुलुकका पर्यटकलाई प्रतिव्यक्ति रु. एक हजार ५०० लिने व्यवस्था ग¥यो, भने २०७१ साउन १ गतेदेखि चीन तथा दक्षिण एशियाली मुलुकका पर्यटकको लागि रु. ५०० शुल्क निर्धारण गरेको हो । नगरपालिकाको प्रमुख आयस्रोतको रूपमा रहेको पर्यटन शुल्कको आम्दानी नगरको सफाइ, सम्पदा संरक्षण, शिक्षा र स्वास्थ्यमा लगानी गरिंदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *