भर्खरै :

इसानको सम्मेलन सम्पन्नः पुन थापाको अध्यक्षतामा नयाँ समिति गठन

भक्तपुर, २६ साउन । इसानका पूर्वअध्यक्ष प्रेमजन थापाकै अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरी संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) को सातौं राष्ट्रिय सम्मेलन शनिबार सम्पन्न भयो ।
निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्षमा सनकमान महर्जन, महासचिवमा पुरुषोत्तम ग्वाछा, सचिवमा कृष्णराम त्वानाबासु र कोषाध्यक्षमा उकेश कवां हुनुहुन्छ ।
सम्मेलनले संविधानतः हरेक बालबालिका समान भएकोले राज्यले भेदभाव गर्न नमिल्ने, संस्थागत विद्यालयमा अध्ययन गरेकै कारण राज्यबाट दिइने छात्रवृत्ति या सुविधाबाट वञ्चित गर्न नहुने, शिक्षा र स्वास्थ्य राज्यको दायित्व भएकोले सोही भावनाबमोजिम निःशुल्क तथा अनिवार्य शिक्षा र निःशुल्क स्वास्थ्यको बन्दोबस्त गर्नुपर्ने माग गरेको छ । प्रचलित कानुनी प्रावधानअनुसार संस्थागत विद्यालय क्षेत्र पनि सेवा उद्योग भएकोले अरु सेवा उद्योगलाई झै संस्थागत विद्यालयलाई पनि आवश्यक सहुलियत दिई शैक्षिक क्षेत्रमा पु¥याउँदै आइरहेको योगदानको कदर गर्न, संस्थागत विद्यालयका शिक्षक–कर्मचारीलाई पनि आवश्यक तालिम, पुनर्ताजगी कार्यक्रम सञ्चालन गरी शिक्षा क्षेत्रको समग्र विकासको ढोका खोल्न पनि इसानले माग गरेको छ ।
इसानले दिन प्रतिदिन बढ्दै गइरहेको महँगीको कारण शिक्षक, अभिभावक र विद्यार्थीको जीवन कष्टपूर्ण बन्दै गइरहेकोले महँगी तथा कालाबजारी नियन्त्रणमा आवश्यक तदारुकता देखाउन सरकारसमक्ष माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *