तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २६ साउन । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले संविधानको धारा ३३ अनुसार नेपालीलाई रोजगारीको हक र बेरोजगार सहायता सङ्घीय कानुनबमोजिम हुने बताउनुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घअन्तर्गतको भक्तपुर मिनिबस सेवा समितिका कर्मचारी र मजदुरहरूको इकाईको पाँचौ साधारणसभाको उद्घाटन गर्दै सांसद सुवालले सवारी चालक अनुमतिपत्रको लागि शैक्षिक योग्यता प्रवेशिका उत्तीर्ण हुनुपर्ने कानुनी प्रावधानअनुसार सरकारले नयाँ पुस्तालाई संविधानअनुसार मावि तह १२ कक्षासम्म निःशुल्क अध्ययन गराउने व्यवहारमा लागू गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
देशको सुरक्षा, अर्थ, सार्वजनिक यातायात सरकारकै विषयमा रहनुपर्ने आवश्यकता औंल्याउँदै सांसद सुवालले निजीकरणले व्यापक जनताको हित नगर्ने उल्लेख गर्नुभयो ।
सांसद सुवालले नागरिकता विधेयक २०७५ मा २०७२ असोज ३ अघि नेपालमा जन्मेकलाई जन्मको आधारमा नागरिकता दिने प्रावधान यसअघि २०४६ साल चैत मसान्तसम्म नेपालमा जन्मेकालाई जन्मको आधारमा नागरिकता दिने प्रावधानको दुरूपयोग भएझैं दुरूपयोग हुने खतरा रहेको उल्लेख गर्नुभयो ।
उहाँले मानव अधिकारको गम्भीर उल्लङ्घन, भ्रष्टाचार गरी अकुत सम्पत्ति कम्ल्याएका, हत्या–हिंसा, महिला बलात्कारका अपराधीहरूलाई मृत्युदण्डको सजाय हुनुपर्ने आवश्यकता औंल्याउँदै सम्पत्तिको सीमा निर्धारणले पुँजीवादी अराजकतालाई नियन्त्रण गर्ने बताउनुभयो ।
ईकाइका अध्यक्ष शिवराम त्वानावासुको सभापतित्वमा भएको कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर सङ्घका अध्यक्ष राजेन्द्र चवाल, सङ्घका जिल्ला अध्यक्ष उपेन्द्र सुवाल, यातायात व्यवसायी बलराम त्वानाबासु, ज्ञानु महर्जन, राजन कसलवट, कानुनी सल्लाहकार रामप्रसाद प्रजापति, किरण न्यौपानेले सम्मेलन सफलताको कामना गर्नुभयो ।
Leave a Reply