नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
बुकारेस्ट, रोमानिया, २६ साउन (एएफपी) । रोमानियाको राजधानी बुकारेस्टमा गरिएको विशाल प्रदर्शनमा ४५० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् भने ३० प्रदर्शनकारीलाई प्रहरी नियन्त्रणमा लिइएको रोमानियाली प्रहरीले शनिबार जनाएको छ ।
रोमानियाको राजधानी बुकारेस्टमा शुक्रबार भएको प्रदर्शनमा दसौं हजार (करीब ८० हजार) रोमानियालीको सहभागिता रहेको विभिन्न स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भ्रष्टाचार आरोपमा वामपन्थी सरकारको राजीनामा माग गर्दै भएको आन्दोलनमा सहभागी प्रदर्शनकारीलाई तितर बितर पार्न प्रहरीले व्यापक पानीका फोहरा र अश्रुग्यासको प्रयोग भएको थियो ।
अश्रुग्यास र पानीका फोहरासहितको प्रहरी दमनमा थुप्रै व्यक्ति घाइते भएको अस्पताल स्रोतले जनाएको छ । आन्दोलनमा तैनाथ करीब ३० प्रहरी घाइते भएका छन् जसमध्ये ११ जनालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । घटनामा केही सञ्चारकर्मीसमेत घाइते भएको बताइएको छ ।
युरोपियन युनियन (ईयू) को अध्यक्षतासमेत गरिरहेकी अष्ट्रियाली चान्सलर सेवेस्टियन कुर्जल आन्दोलनमा भएका झडपहरूप्रति चासो व्यक्त गर्दै सञ्चारकर्मी घाइते हुनेगरी सरकारद्वारा भएको दमनको आलोचना गर्नुभएको छ ।
हामीले बुकारेस्टमा कैयौं सञ्चारकर्मीसहित सयौं प्रदर्शनकारीमाथि भएका दमनबारे पूर्ण स्पष्टीकरणको आशा गर्छौं ।
Leave a Reply