भर्खरै :

इमरान खानको सपथग्रहण समारोहमा सिद्धु सहभागी हुने

चन्डीगढ, भारत, २७ साउन (एएनआई) । भारतीय क्रिकेटका हस्ती नभजोत सिंह सिद्धु पाकिस्तानका प्रधानमन्त्रीमा प्रस्तावित इमरान खानको यही अगष्ट १८ तारिखमा हुने सपथग्रहण समारोहमा सहभागी हुने भएका छन् ।
पन्जाब प्रान्तका मन्त्रीसमेत रहेका सिद्धुलाई खानले टेलिफोन गरी सपथग्रहण समारोहमा उपस्थित हुन आग्रह गरेका थिए ।
पन्जाब सरकारको सूचना तथा जनसम्पर्क विभागका अनुसार, अगष्ट २ तारिखमा सिद्धुले गरेको समर्थनप्रति इमरान खानले धन्यवाद दिनुभएको छ ।
यहीबीच, सिद्धुले भारतको गृह मन्त्रालय र पन्जाबका मुख्यमन्त्रीलाई यसबारेमा जानकारी दिनुभएको छ । उहा“ले इमरानले आमन्त्रण गरेका अर्का क्रिकेटर कपिल देवस“ग पनि पाकिस्तान जानेबारेमा कुराकानी गरेको जानकारी दिनुभएको छ ।
पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) ले अगष्ट ११ को सट्टा अगष्ट १८ का दिन इमरान खानले इस्लामावादस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्रीको पद तथा गोपनीयताको सपथ लिनुहुने जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *