कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, २७ साउन । रातीको साढे नौबजेतिर मोबाइल बज्यो, किरिङ ….. किरिङ….. ।
‘हेलो !
‘हजुर, को बोल्नुभो ?’
‘यो जिविसको एम्बुलेन्स हो ? म झौखेलको दाहाल गाउँबाट बोलेको हुँ, यहाँ तपाइँ एम्बुलेन्स लिएर आउनुपर्यो, आमालाई हस्पिटल लानुपर्ने भो ।’
‘हो, तर एम्बुलेन्स चल्दैन, एम्बुलेन्स नचलाउ भनेको छ ।’
मोबाइलमा त्यति कुराकानी हुने बित्तिकै एम्बुलेन्स चालकले हप्की खानुपर्यो । ‘त्यसो भनेर हुन्छ, एम्बुलेन्सजस्तो कुरा कोहीले नचलाउ भन्दैमा नआउने, यस्तो नि हुन्छ’, बिरामीलाई अस्पताल लग्नुपरेको छ ? यसको जिम्मा कसले लिने ?’
‘हैन, हामीलाई नचलाउनु नै भनेको छ, त्यही भएर ।’
‘भनेपछि आउन सकिंदैन त ?’
‘सकिंदैन नि, नचलाउनु नै भनेको छ ।’
‘अब म के गरूँ त ?, कहाँ खोजूँ, एम्बुलेन्स ?, मैले अहिलेसम्म ५ वटा एम्बुलेन्समा फोन गरिसकेँ, कोही के भन्छन्, कोही के ?’ (झन् आवाज ठूलो हुँदैछ) अब तपाइँ नै भन्नुस् म के गरूँ ?’
एम्बुलेन्स चालकलाई के गरूँ, के भनुं भयो, निकै अप्ठ्यारो अनुभव गरे । उनले भने, ‘तपाइँ जिल्ला समन्वय समितिका प्रमुखलाई फोन गर्नुस्, अनि आउँछ एम्बुलेन्स ।’ (कुराकानी बन्द)
माथिको कुराकानी केही दिन अघिको मात्र हो । जिल्ला समन्वय समिति (जिसस) भक्तपुरले विगत लामो समयदेखि चलाउँदै आएको एम्बुलेन्स सेवा बन्द गरेपछि त्यसको मारमा सेवाग्राही परेका छन् । एम्बुलेन्स सेवा बन्द गरेपछि एम्बुलेन्स सेवा खोज्नेहरूको हप्की चालकहरूले खप्नु परेको छ ।
जिससले साउन १ गतेदेखि आर्थिक स्रोत नभएकोले चालकलाई तलब भत्ता खुवाउन नसक्ने भन्दै एम्बुलेन्स चलाउन रोक लगाएपछि एम्बुलेन्स सेवा बन्द छ । नयाँ व्यवस्थाअनुसार तत्कालीन स्थानीय निकायअन्तर्गत जिल्ला समन्वय समितिका अस्थायी र करारका कर्मचारीहरूलाई समेत सङ्घीय संरचनाअन्तर्गत स्थानीय तहमा व्यवस्थापन गरे पनि साविकको जिविसको आन्तरिक स्रोतबाट करारमा एम्बुलेन्स चालकलाई व्यवस्थापन नगर्दा चालू हालतको एम्बुलेन्स बन्द गरिएको हो । जिससमा करारका एम्बुलेन्स चालक दुई जना रहेका छन् ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अस्थायी र करार कर्मचारीहरूलाई थप तीन महिना हाजिर गराएर काम गर्न परिपत्र गरे पनि जिससले नियतबस एम्बुलेन्स सेवा नै बन्द गराउँदै चलाउन नदिएको चालक कृष्णराम कोजु बताउँछन् । जिसस सभापति नवराज गेलालले एम्बुलेन्स ड्राइभरलाई स्थायी नै गरिदिने वचन दिए पनि हाल भने हाजिरसमेत गर्न नदिएको आरोप लगाए ।
बीसौ वर्षदेखि जिल्ला विकास समितिले एम्बुलेन्स सेवा दिंदै आएको थियो । यसकारण हाल पनि हामीलाई दैनिकजसो एक दर्जनभन्दा बढी एम्बुलेन्स माग गर्दै फोन आउँछ तर जिससले नचलाउन आदेश दिएको छ । ‘गत पुस महिनादेखि असारसम्मको एकमुष्ट तलब दिई साउन १ गतेबाट हामीलाई एम्बुलेन्स चलाउन दिएको छैन । दिनदिनै फोन गर्नेले गालीसमेत गर्ने गरेको उनी गुनासो गर्छन् । लामो समयदेखि चलेको एम्बुलेन्स अहिले भने एम्बुलेन्स जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको आँगनमा थन्केको छ तर चलाउने अनुमति नहुँदा भक्तपुरका बिरामी भने मारमा परेका छन् ।
जिससमा एम्बुलेन्स चलाउँदै आएका चालक कोजुले १७ वर्षदेखि र अर्का चालक भीमनाथ गेलालले विगत १५ वर्षदेखि करारमा एम्बुलेन्स चलाउँदै आइरहेका छन् ।
जिससको आन्तरिक स्रोत नभएको र प्रदेश तथा केन्द्र सरकार दुवैले एम्बुलेन्स सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था नगरेपछि जिससले वर्षैदेखि सञ्चालन गर्दै आइरहेको एम्बुलेन्स सेवा बन्द गर्नुपरेको जिल्ला समन्वय अधिकारी पर्वप्रसाद सापकोटाले बताए । ‘जिल्ला विकास समिति हुँदा आफ्नै आम्दानीको स्रोत थियो र चलाएको हो । अहिले आन्तरिक स्रोत छैन, त्यसैले चलाउन नसकिएको हो,’ उनले भने, ‘एम्बुलेन्स चालकलाई तलबभत्ता दिने कुनै अख्तियारी जिससलाई छैन ।’
उनले तत्काल अर्को व्यवस्था नभएसम्म एम्बुलेन्स चलाउन सक्ने अवस्था नभएको बताउँदैं जिससको एम्बुलेन्स अन्य निकायलाई जिम्मा दिने तयारी भइरहेको जानकारी दिए । ‘पहिला एकचोटि भक्तपुर अस्पताललाई दिने कुरा भएको थियो । अनौपचारिकरूपमा चालकलाई लिन नसक्ने भन्ने जानकारी आएको छ । अब स्थानीय तहलाई दिने हो कि भनी छलफल चलिरहेको छ,’ उनले भने ।
जिससले एम्बुलेन्स चलाउन बजेट नभएको बताए पनि जिसस स्रोतले भने जिविसको जगेडा रकम कार्यालय व्यवस्थापनको नाममा अनावश्यक खर्च गरेको छ । जिविसले आय गरेको रकम जिल्लामा नै खर्च गर्ने भन्दै मन्त्रालयमा फिर्ता नपठाई कार्यालय व्यवस्थापनमा १० लाख भन्दा बढी खर्च गरेको छ,’ स्रोतले भने ‘५ लाखभन्दा बढी खर्च गर्दै तामझामका साथ जिल्लासभा जिससले गरे पनि एम्बुलेन्सलाई भने कुनै स्रोत नभएको भन्दै सेवा नै बन्द गरिदिएको छ ।
तत्कालीन जिल्ला विकास समिति (जिविस) भक्तपुरले आन्तरिक स्रोत व्यवस्थापन गर्दै २०५८ सालदेखि भक्तपुरका ग्रामीण क्षेत्रलाई लक्षित गर्दै एम्बुलेन्स सेवा सञ्चालन गरेको थियो । एम्बुलेन्स सेवा नहुँदा ग्रामीण भेगका बासिन्दाले अकालमा ज्यान गुमाउनु परेपछि जिविसले आन्तरिक स्रोतबाट एम्बुलेन्स सेवा सञ्चालमा ल्याएको थियो । तर हाल सम्पूर्ण भक्तपुर नगर भए पनि व्यवस्थित रूपमा एम्बुलेन्स सेवा दिने कुनै निकाय नभए पनि जिससमा भएको एम्बुलेन्स भने थन्काइएको छ ।
जिल्लामा हाल दर्जनौं एम्बुलेन्स सञ्चालनमा भए पनि रातको समयमा ग्रामीण भेगमा जान नमान्ने गए पनि महँगो भाडा लिने गर्दै आएका छन् । सस्तो र सुलभ रूपमा सेवा दिदै आएको जिससको एम्बुलेन्स सेवा बन्द भएपछि ग्रामीण भेगका जनतालाई मार परेको छ ।
जिल्ला समन्वय समितिका सभापति र एम्बुलेन्स ड्राइभरबीचको आन्तरिक घरायसी झगडाका कारण जिससले एम्बुलेन्स बन्द गराएको एम्बुलेन्स ड्राइभर सङ्घको आरोप छ ।
Leave a Reply