यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
बालकृष्ण बनमाला
भक्तपुर, २८ साउन । भक्तपुर नपा वडा नं. ८ मा अवस्थित नवदुर्गा मन्दिरमा दशमीका खँमेजात्राका लागि आज खँमे भित्राइएको छ । ६५ वर्षिय मधुसुदन अवालले उक्त खँमे चढाइएको हो । अवालका अनुसार खँमे राख्न तीन वर्षसम्म आफु पालो कुरेर यस वर्ष चढाइएको जानकारी दिनुभयो । घलाटे निवासी अवालले सर्भिसको काम गर्नुहुन्छ । आफूले एक लाख सात हजार तिरेर खँमे यो वर्ष चढाउन पाएकोमा आफु हर्षित रहेको बताउनु भयो ।
चाँगुनारायण दहगाल निवासी रत्नभक्त कोजूले पालिएको राँगो यस वर्षको लागि खँमेको रुपमा बेच्न पाउँदा आफु खुसी रहेको बताउँदै उक्त राँगो आफुले साढे चार वर्ष पालेको जानकारी दिनुभयो । कोजूले यो खँमे गरी ७ वटा खँमे आफुले नै बिक्री गरेको बताउनु भयो । यस वर्षका मुल नाइके इन्द्रबहादुर बनमालाले मधुसुदन अवाललाई खँमे चढाएकोमा धन्यवाद व्यक्त गर्दै पछिलो समयमा यस किसिमका दाताहरुको श्रद्धाले गर्दा नै नवदुर्गाको जात्रा चलाउनमा केही राहत पुगेको बताउनु भयो । यदि दाता भएको भए आफू यस वर्षका नाइकेहरुले रकम उठाई खँमे किन्नपर्ने बताउनु भयो ।
नकी तेजमाया बनमालाले विधिवत् रुपमा खँमेलाई पुजा गरी भित्राइएको हो । खँमेलाई आउँदो नवमीका दिन जात्रा गरिनेछ । खँमे गठामँगल चहे पछि भित्राउने गर्दछ ।
Leave a Reply