यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
काठमाडांै, २८ साउन । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले २०४० मा नेपाल–भारत सीमा स्तम्भ महाकाली नदीको बीचमा रहेको, स्थानीय गगनसिंह कार्कीले सो स्तम्भ वरिपरि गाईवस्तु चराएको उल्लेख गर्दै हाल भारतले नेपाली भूभागको दुईसय मिटर वरसम्म सडक बनाएको अविलम्ब रोकी नेपाली भूमि सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद सुवालले भारतसँग नेपालको खुला सिमानाको कारण भारतबाट नक्कली औषधि भित्रिएको उल्लेख गर्नुभयो ।
उहाँले वर्षमा ५ हजार कर्मचारी विदेश भ्रमण गएको र २५ हजार कर्मचारी कामविहीन भएर बसेको उल्लेख गर्दै मेडिकल काउन्सिलमा अनुत्तीर्ण ५ सय डाक्टर अभ्यासमा रहेको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सुवालले नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसँग वाइड बडी दुई वटा हवाईजहाज खरीदमा भएको भ्रष्टाचारबारे जिज्ञासा राख्दा मन्त्री अधिकारीले मन्त्रालयले सूक्ष्म अध्ययन गरिरहेको बताउनुभयो । तर भ्रष्टाचारमा आफू संलग्न नभएको स्पष्ट जवाफ दिनुभएन ।
उहाँले नागरिकता विधेयकमा नागरिकता समस्या समाधान गर्न दुई देशबीच खुला सीमा नियमित गर्नुपर्ने, आमा बुबा दुवै वंशजको नेपाली नागरिक भएका सन्तानलाई मात्र वंशजको नेपाली नागरिकता दिनुपर्ने, जन्मको आधारमा नेपाली नागरिकता दिन नहुने र गैरआवासीय नेपाली नागरिकता दिननहुने उल्लेख गर्नुभयो । सुरक्षित मातृत्व विधेयकमा उहाँले कार्यालय, कारखाना, खेतखलिहानमा शिशु स्याहार केन्द्र स्थापना हुनुपर्ने र उपभोक्ता विधेयकमा सम्बन्धित पीडकबाटै उपभोक्तालाई क्षतिपूर्ति दिनुपर्ने उल्लेख गर्नुभयो ।
निवृत्तिभरण विधेयकमा उहाँले ६० वर्ष नाघेका मजदुर र किसानलाई पनि निवृत्तिभरणको व्यवस्था हुनुपर्ने विचार राख्नुभयो ।
बिमस्टेक महासन्धिको छलफलमा उहाँले बिमस्टेक सम्मेलनको लागि आवश्यक नेपालको झण्डा भारतमा बनाउन दिएकोमा विरोध गर्नुभयो ।
Leave a Reply