बाल विकास सहजकर्ताहरूद्वारा नगर प्रमुखको ध्यानाकर्षण
- असार २, २०८३
काठमाण्डौ, २६ माघ । त्रिभुवन विश्वविद्यालयमा आगामी फागुन १४ गतेका लागि तय भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन त्यही मितिमा नहुने सम्भावना बढेको छ ।
बुधबार विप्लव माओवादी समर्थित अखिल क्रान्तिकारी, राप्रविसंघ, संघीय विद्यार्थी फोरमलगायत विद्यार्थी संगठनहरुले पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर्न, फर्जी भर्ना रद्द गर्न र त्रिविको सिनेट बैठकमा तीन ‘ठूला’ विद्यार्थी संगठनहरुको मात्र सहभागिता खारेजीको माग गर्दै देशभरका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा तालाबन्दी गरे पछि चुनाव हुने नहुनेमा अन्योलको अवस्था बनेको हो ।
यसबीच विप्लव माओवादी र राप्रपाको महाधिवेशन पनि भएको हुनाले फागुन १४ गते कुनै पनि हालतमा चुनाव हुन नदिने भन्दै उनीहरुले आन्दोलनको पहिलो चरणमा तालाबन्दी गरेका हुन् ।
यसअघि २८ वर्ष उमेर हदबन्दी खारेजीको माग गर्दै नेविसंघसम्बद्ध एक खेमाले क्याम्पसहरुमा तालाबन्दी गरेको थियो । कतिपय क्याम्पसहरुमा अझै नेविसंघको तालाबन्दी खुलेको छैन ।
धेरै क्याम्पसहरुमा अझैसम्म निर्वाचन समिति पनि गठन भएको छैन । भएका क्याम्पसहरुका पनि तालाबन्दीका कारण काम थालनी गरेका छैनन् ।
यस्तो अन्योलको अवस्थामा पनि चुनाव गर्न तम्सिएका त्रिविका पदाधिकारीहरुले केही आमुख विद्यार्थी संगठनहरुसँग मात्र कोठे बैठकहरु गरिरहनु र सर्वपक्षीय छलफल नगर्नु गैरजिम्मेवारी भएको एक जना विद्यार्थी नेताले बताउनुभयो ।
Leave a Reply